बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सुडानमा दुई दिनको लडाइँमा ५० भन्दा बढीको मृत्यु

बुधबार, ०७ कात्तिक २०८१, ०० : १८
बुधबार, ०७ कात्तिक २०८१

कस्सला । एक अर्धसैनिक कमान्डर सेनामा भागेपछि आइतबारदेखि अल–जजिरा राज्यमा भएको झडपमा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ । 

मध्य सुडानका स्थानीय कार्यकर्ताहरूका अनुसार राज्यको राजधानी वाद मदानीमा एक मस्जिदमा भएको सैन्य हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको युद्धग्रस्त देशभर सहायता समन्वय गर्ने सयौँ स्वयंसेवी समूहमध्ये एक स्थानीय प्रतिरोध समितिले जनाएको छ । 

समितिले सेनामाथि ‘ब्यारल बम’ प्रयोग गरेको आरोप लगाउँदै उद्धारकर्ताहरूले ‘दर्जनौँ जलेका र विकृत शरीरहरू’ को अवशेष खोज्दै गर्दा मृतकहरूमध्ये आधाभन्दा बढीको पहिचान हुन नसकेको बतायो ।

राज्यको युद्धग्रस्त पूर्वी भागमा कार्यकर्ताहरूले आइतबारदेखि अर्धसैनिक आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध चलिरहेको छ । युद्धमा हजारौँ मानिसको मृत्यु भएको छ र विश्वकै सबैभन्दा ठूलो विस्थापन र मानवीय संकट सिर्जना भएको छ ।

दुवै सेना हाल मध्य सुडानको कृषि प्रधान अल–जजिरा राज्यमाथि नियन्त्रणका लागि क्रूर युद्धमा छन् । उक्त राज्य गत वर्षको अन्त्यदेखि अर्धसैनिक नियन्त्रणमा छ ।

आइतबार, सेनाले आइतबार आरएसएफको अल–जजिरा कमान्डर अबु अक्ला काइकलले अर्धसैनिक बल छोडेर ‘ठूलो सङ्ख्यामा आफ्ना सेनाहरू’ लिएर ‘हाम्रो सेनासँग लड्न’ आएको घोषणा गरेको छ । यसलाई उनीहरूले सैन्य पक्षमा पहिलो उच्च–प्रोफाइल भगौडाको रूपमा बताएका छन् ।

सेना प्रमुख अब्देल फत्ताह अल–बुरहानका प्रवक्ताले काइकल र अन्य भगौडाहरूले ‘माफी’ पाउने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप