बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

नेपाल समाजवादी पार्टीको महाधिवेशन माघ अन्तिम साता

बुधबार, ०७ कात्तिक २०८१, ०० : ००
बुधबार, ०७ कात्तिक २०८१

कास्की । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

पोखरामा आज सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिए । 

यसैगरी अधिवेशनले पार्टीको नाम परिर्वतनगरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बनाएको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको थापाले बताए । 

अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्सीय र ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था गरेको छ । पदाधिकारीहरूमा एक अध्यक्ष, पाँच उपाध्यक्ष (एक महिला, एक जनजाति, एक मधेसी, एक खसआर्य र एक दलित),  एक महासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहनेछन् । पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

पार्टीमा युवाको नेतृत्व स्थापित गर्न स्थानीय तहमा ४०, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको रहेने व्यवस्था पनि गरिएको नेसपाले जनाएको छ । 

अधिवेशनमा अधिवेशनमा ७१ जिल्ला र विदेशबाट गरी कूल पाँच सय प्रतिनिधि सहभागी रहेका थिए । अधिवेशन कात्तिक ५ गतेदेखि पोखरा सभागृहमा सुरु भएको थियो । 

अधिवेशनमा पार्टीका सचिवालय सदस्य एवं विधान तथा घोषणापत्र मस्यौदा समितिका संयोजक डा जनक शाहले पार्टीको घोषणपत्र र सचिवालय सदस्य एवं अधिवक्ता कृष्ण शर्माले पार्टीको विधान प्रस्तुत गरेका थिए । 

प्रस्तुत घोषणापत्र र विधानबारे सहभागीबीच समूह बनाएर समूहगत छलफल गरी पारित गरिएको हो ।

विसं २०७२ असोजमा नयाँ संविधान बनेपछि संयोजक भट्टराईले तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी ‘नयाँ शक्ति’ नामक अभियान सञ्चालन गरेका थिए । त्यसपछि नयाँ शक्ति नेपाल पार्टी घोषणा गरेका भट्टराईको पार्टीको नाम परिवर्तन हुँदै नेपाल समाजवादी पार्टी बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप