बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दुब्लो शरीरलाई छिट्टै मोटो पार्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

बुधबार, ०७ कात्तिक २०८१, ०४ : ३०
बुधबार, ०७ कात्तिक २०८१

काठमाडौं । मोटोपना धेरै मानिसका लागि चिन्ताको विषय हो । तर दुब्ला पातला मानिसका लागि मसिनो मरञ्च्यासे शरीर त्यत्तिकै ठूलो चिन्ताको विषय हो । 

मानिसहरू तौल बढाउनकै लागि धेरै उपायहरु अपनाइरहेका छन् । तर सही जानकारीको अभावमा उनीहरुले चाहेको नतिजा पाउन सक्दैनन् । 

यदि तपाईं पनि आफ्नो दुब्लो शरीरलाई मोटो र स्वस्थ बनाउन चाहनुहुन्छ भने तपाईंले केही प्राकृतिक उपायहरू अपनाउन सक्नुहुन्छ ।

आजको यस लेखमा हामीहरू तपाईलाई एउटा घरेलु उपाय बताउनेछौँ, जसमा तपाईले केवल दुई चीजको पाउडर प्रयोग गरेर आफ्नो शरीरलाई छिट्टै मोटो बनाउन सक्नुहुन्छ । यी दुई चीज हुन् अश्वगन्ध र कुरिलो । 

यी दुवै जडीबुटी आयुर्वेदमा वजन बढाउन र मांसपेशी बलियो बनाउन प्रयोग हुन्छन् । यहाँ तिनीहरूलाई दुधसँग कसरी प्रयोग गर्ने र तिनीहरूका फाइदाहरू के कस्ता छन् भन्ने कुरा गर्नेछौँ।

शरीरको छिटो मासु बढाउन उपयोगी घरेलु वस्तुहरू

अश्वगन्धाको पाउडर
अश्वगंधा प्रसिद्ध आयुर्वेदिक जडीबुटी हो । यो शरीरको शक्ति र उर्जा बढाउन सहयोगी मानिन्छ । यसले मेटाबोलिजम सुधार गरेर वजन बढाउन मद्दत गर्दछ । अश्वगन्धाको सेवनले भोक बढ्छ र शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन थाल्छ । यो तनाव कम गर्न र शारीरिक कमजोरी हटाउन पनि लाभदायक छ । 

कुरिलोको धुलो

कुरिलो अर्को आयुर्वेदिक जडीबुटी हो जसले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरमा आवश्यक पोषक तत्वहरूको अवशोषण बढाउँछ । यसले तौल बढाउन र शरीरलाई आवश्यक पोषण प्रदान गर्न मद्दत गर्छ । शतावरीको सेवनले रोग प्रतिरोधात्मक क्षमता  बलियो हुन्छ, जसले शरीरमा ऊर्जाको स्तर बढ्छ ।

कसरी गर्ने सेवन ?
यी दुवै धुलोलाई दुधसँग पिउनु सबैभन्दा फाइदाजनक मानिन्छ । अश्वगंधा र कुरिलोको  पाउडरको मिश्रण तयार गर्नुहोस् । अनि दुबैको पाउडर एक एक चम्चा लिनुहोस् । अनि राम्ररी मिलाउनुहोस् ।

धुलोलाई तातो दुधमा मिलाउनुस् । यो मिश्रणलाई एक गिलास तातो दुधमा हालेर राम्ररी मिलाउनुस् । 
यसरी हरेक दिन राति सुत्नुअघि यो मिश्रण पिउनाले तपाईको शरीरको तौल छिटो बढ्छ र मांसपेशी पनि बलियो हुन्छ ।


यसरी खानुको यस्ता छन् लाभ

छिटै तौल बढ्छः अश्वगन्धा र कुरिलोले शरीरको मेटाबोलिज्ममा सुधार गरेर छिटो तौल बढाउन मद्दत गर्छ ।

शारीरिक कमजोरी हट्छः यी जडीबुटीको नियमित सेवनले शरीरको कमजोरी हट्छ र तपाईं थप उर्जावान महसुस गर्नुहुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छः अश्वगन्धा र कुरिलो दुवैले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदै शरीरलाई विभिन्न रोगसँग लड्न सक्षम बनाउँछ ।

पाचन सुधार गर्छः शतावरीले पाचन प्रणालीलाई बलियो बनाउँछ र पोषक तत्वहरूको अवशोषणमा सुधार गर्छ ।

सावधानी
कुनै पनि आयुर्वेदिक जडीबुटी उपभोग गर्नु अघि, डाक्टरसँग परामर्श गर्नु पर्छ । । विशेष गरी तपाईलाई कुनै स्वास्थ्य समस्या छ भने त यो झनै अपरिहार्य छ । अश्वगन्धा र कुरिलोको धुलो धेरै सेवन गर्नुहुन्न । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । 

गर्भवती महिला र सुत्केरी महिलाहरूले यसको सेवन गर्नु अघि चिकित्सकसँग परामर्श गर्नुपर्छ । यी दुई जडीबुटीको उपभोग गरेर, तपाईं आफ्नो पातलो शरीरलाई छिटो बलियो र स्वस्थ बनाउन सक्नुहुन्छ । तर यसको सेवनलाई सही आहार र नियमित व्यायामको साथमा प्रयोग गर्दा मात्रै चाँडै राम्रो परिणाम मिल्नेछ ।

(नोट : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप