बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

उमेरको हिसाबले एक दिनमा कति समय सुत्नुपर्छ ?

मङ्गलबार, ०६ कात्तिक २०८१, २३ : ३०
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौं । राम्रो स्वास्थ्यका लागि पर्याप्त निद्रा आवश्यक छ भनेर बारम्बार हामी सुन्ने गर्छौ । तर हरेक उमेरका लागि दिनमा ठ्याक्कै यति घन्टा सुत्नुपर्छ भनेर निश्चित घण्टा तोक्न सकिन्छ ? सायद सकिँदैन । 

एक व्यक्तिलाई कति निद्रा आवश्यक छ ? भन्ने कुरा व्यक्ति अनुसार फरक हुन सक्छ । यस मामलामा उमेर समूह अनुसार फरक फरक आवश्यकता हुन सक्छ । त्यसैले कुन उमेरमा शरीरको लागि कति निद्रा आवश्यक छ भन्ने कुरा जान्न जरुरी छ । 

निद्राको आवश्यकता उमेर मात्र होइन, अन्य धेरै फरक कारकहरूमा निर्भर गर्दछ । तर उमेरलाई आधार मानेर कुनै मोटामोटी गाइडलाइनलाई भने पछ्याउन सकिन्छ ।

एक दिनमा कति सुत्न आवश्यक छ त?

–शुरुमा कुरा गरौं चार महिनाको उमेरदेखि १२ महिनासम्मको बच्चाको । यस उमेरका बालबालिकालाई करिब १२ देखि १६ घण्टाको निद्रा आवश्यक हुन्छ ।

–तीनदेखि पाँच वर्षसम्मका बालबालिकाले ११ देखि १४ घण्टा सुत्नु्पर्छ । ६ देखि १२ वर्षसम्मका बालबालिकाले दैनिक ९ देखि १२ घण्टा सुत्नुपर्छ ।

–यदि उमेर १३ देखि १८ वर्षको बीचको छ भने आठदेखि दश घण्टा सुत्नु आवश्यक छ । यो उमेरदेखि नै एक पटक सुत्दा लगातार सात घण्टा निदाउन जरुरी छ ।

सम्झनुपर्ने अन्य कारकहरूः

निद्रा गुणस्तर

तपाईं कति घण्टा सुत्दै हुनुहुन्छ भन्ने कुराको मूल्याङ्कन गर्नुका साथै तपाईंको निद्रा कस्तो छ भन्ने कुरा बुझ्नु पनि महत्त्वपूर्ण छ । यदि तपाईलाई बारम्बार ब्यूझेर सुतिरहनु भएको छ भने यसलाई राम्रो निन्द्रा मान्न सकिदैन । निद्राको घण्टा जस्तैगरी निद्राको गुणस्तर पनि महत्त्वपूर्ण छ ।

पहिला निदाउन नपाएको निद्रा

यदि तपाइँ लगातार केहि दिनको लागि कम सुत्नु भएको छ भने, तपाइँ यसको भर्पाई गर्न धेरै घण्टा सुत्नुपर्छ ।

गर्भावस्था
हर्मोनमा हुने असंतुलन र शारीरिक असुविधाका कारण गर्भवती महिलाहरूलाई निकै कम निद्रा लाग्ने वा निदाउनै नसक्ने पनि हुन सक्छ ।

बुढ्यौली

निद्राको मामिलामा उमेर पनि ठूलो कारक हो । बढ्दो उमेरसँगै सुत्ने घण्टा पनि घट्दै जान्छ । धेरै मानिसहरू बीच–बीचमा उठरिहन्छन् । बढ्दो उमेरसँगै निद्रा निकै ढिलो लाग्न थाल्छ ।

बालबालिकामा पर्याप्त निदाउनुको फाइदा

बालबालिका पर्याप्त हुने गरी निदाए भने उनीहरू स्वस्थ हुन्छन् र यसले उनीहरूको सिकाइ र स्मरणशक्तिमा पनि सकारात्मक प्रभाव पार्छ । उनीहरुको मानसिक स्वास्थ्य पनि अरुको तुलनामा बलियो हुन्छ ।

वयस्कहरूमा निद्राको फाइदा

१८ वर्षको उमेरपछि हरेक दिन करिब सात घण्टा सुत्ने हो भने लामो समयसम्म स्वस्थ रहन सकिन्छ । निद्रा नपुग्दा तौल पनि बढ्न थाल्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, स्ट्रोक र डिप्रेसनको जोखिम पनि बढ्छ ।

 
(नोट : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप