सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
मङ्गलबार, ०६ कात्तिक २०८१, २१ : २०
_x1RxVWmdES.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको पनि बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनदेखि आफ्नो तस्बिर देखाएर आन्दोलन गरिरहेको थाहा पाएको भन्दै उनले भने, 'सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु । म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।'
ज्योति गुरुङले गरेको गल्तीको दोषी आफूलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको भन्दै उपसभापति गुरुङले रास्वपालाई प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाले फुकुवा गर्यो पाकिस्तानी फुटबलमाथि लगाइएको प्रतिबन्ध
-
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
-
रामायणमा सुवर्णखाको भूमिकाबाट किन काटियो कुब्रा सैतको पत्ता ?
-
नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू
-
‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालनका लागि सम्झौता
-
उत्तीर्ण भइसक्दा पनि लेख्न पढ्न नसकेपछि विद्यार्थीले हालिन् कलेजमाथि मुद्दा