मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

मङ्गलबार, ०६ कात्तिक २०८१, २० : ५२
मङ्गलबार, ०६ कात्तिक २०८१

हेटौंडा । बालिका बलात्कारको कसुरमा मकवानपुर जिल्ला अदालतले एक पुरुषलाई १२ वर्ष कैद सजाय सुनाएको छ । १२ वर्षीया बालिका बलात्कार गरेको कसुरमा हेटौंडा उपमहानगरपालिका–१४ बँदेलधापका एक जना पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको हो ।

अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश शुकन्तला कार्कीको एकल इजलासले पीडितलाई ४० हजार क्षतिपूर्ति दिन समेत आदेश गरेको छ ।

बालिका बलात्कारको आरोपमा पक्राउ परेका लोप्चन हाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा रहेका छन् । उनलाई २ साउन २०८० मा बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । लोप्चनले बालिकालाई १ साउनमा दिदीको घरमा बोलाएर बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप