बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ सुनिल थापा अभिनीत ‘देववाणी’को टिजर

मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । आगामी मंसिर ७ गतेदेखि रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु साहेब बलामी निर्देशित फिल्मको टिजरमा नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ । टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ ।

टिजरमा कुन्दनसँगै अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँ तथा भारतमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया