सुर्यदर्शन सहकारीको अनुसन्धानमा सीआईबीका डीएसपी सुन्दर तिवारी खटिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका डीएसपी सुन्दर तिवारीलाई पठाइएको छ ।
पोखरास्थित सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वगृहमन्त्री लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
सुर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न डीएसपी तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘दुईजना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन्, अनुसन्धानमा सहजीकरण गर्न अहिले डीएसपीलाई पठाइएको छ ।’
असोज ६ मा पूर्वडीआईज छविलाल जोशीलाई पक्राउ गरेपछि पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सुर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न सीआईबीले इन्स्पेक्टरको नेतृत्वमा दुईजनालाई पोखरा पठाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सुर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले रवि लामिछानेलाई अदालत परिसरमा बोल्न दिएपछि उनको व्यवसायिकताबारे प्रश्न उठेको छ ।
सुर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक
-
यस्तो छ विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भाइरल सङ्क्रमणले अस्पतालमा क्षमताभन्दा बढी बिरामी
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा