मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : १३
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । बलात्कार र गर्भपतन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर कीर्तिपुर बस्ने ३५ वर्षीय रामचन्द्र केसी छन् । 

उनलाई कीर्तिपुर स्थित पाँगाबाट पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । बलात्कार र गर्भपतन मुद्दामा उच्च अदालत सुर्खेतले उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र पाँच हजार जरिवाना हुने ठहर गरेको छ । २०८१ वैशाखमा भएको सो फैसलापछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप