कर्णालीका मुख्यमन्त्री भन्छन्– सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोचाइ बदल्नुपर्छ
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : ०२
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजनाका लागि सरकारी तहबाट विनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताएका छन् ।
सरकारी पैसा हो जे गरे पनि हुन्छ भन्ने धारणालाई बदल्नुपर्ने उनको भनाइ छ । बदल्न नसकिए अवस्था पनि नबदलिने उनले बताए ।
‘योजना छनौटमा देखिएका समस्यालाई प्रदेश सरकारले योजना बैंक वा क्रमशः कानुन बनाएर व्यवस्थित गर्ने अभियानमा लागेका छौँ,’मंगलबार बेलुका रुकुम पश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’पहुँचको भरमा योजना ल्याएर जथाभाबी गर्ने प्रवृत्तिलाई मेरो नेतृत्वको सरकारले रोक्ने छ ।’
सरकारी योजना छनौट गर्दा जनताले राहत महसुस नगर्ने तर कार्यकर्ताको मात्र चित्त बुझाउने गरी योजना छान्ने प्रवृत्तिलाई आफूले रोक्ने अभियानमा लागेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’
-
जनस्वास्थ्यकर्मी महासंघद्वारा निमित्त मेसु कुटिएको घटनाको विरोध
-
बालिका बलात्कार कसुरमा १२ वर्ष कैद सजाय
-
यस्तो छ सुनिल थापा अभिनीत ‘देववाणी’को टिजर
-
सुर्यदर्शन सहकारीको अनुसन्धानमा सीआईबीका डीएसपी सुन्दर तिवारी खटिए
-
पूर्वडीआईजी छविलाल जोशीसँग झन्डै ८ घण्टा बयान