बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

पोखरामा प्रहरीले बनाउन लागेको पेट्रोलपम्प निर्माण अदालतले रोक्यो

मङ्गलबार, ०६ कात्तिक २०८१, १८ : ५८
मङ्गलबार, ०६ कात्तिक २०८१

पोखरा । पोखरा सहिदचोकमा नेपाल प्रहरीले निर्माण थालेको पेट्रोलपम्प निर्माणको काम अदालतले रोकेको छ । मंगलबार उच्च अदालत पोखराले निर्माण रोक्न अन्तरिम आदेश दिएको हो । 

नागरिक अगुवा रामबहादुर पौडेलसहितका व्यक्तिहरुले पेट्रोलपम्प बनाउन लागेको ठाउँ संवेदनशील भएकोले रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगा नलाग्दासम्म निवेदनमा उल्लेखित पेट्रोलपम्प निर्माणको कार्य यथास्थितिमा राखी उक्त निर्माण कार्य तत्काल अगाडि नबढाउनू, अगाडि बढ्न नलगाउनू,’ आदेशमा भनिएको छ ।

प्रहरी कार्यालयको नाममा रहेको जग्गामा पेट्रोलपम्प निर्माणले भविष्यमा कुनै पनि दुर्घटना घट्न गएमा ठुलो धनजनको क्षति हुन सक्ने निवेदकहरुले तर्क गरेका थिए । सो क्षेत्रमा प्रहरीले पेट्रोलपम्प निर्माणका लागि जग खनेर पिल्लर समेत ठड्याइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप