भिस्तारा एयरमा बम भेटिएन, दिल्लीबाटै आएको थियो सूचना

काठमाडौँ । दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।
भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’
विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले रातोपाटीलाई बताए । उनले भने, ‘सूचना दिल्लीबाट नै विमान कम्पनीमा आएको रहेछ, सर्च गर्दा त्यस्तो केही भेटिएन ।’
सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्किन लागेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला