मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

भिस्तारा एयरमा बम आतंक : दिल्लीबाट आएका १५७ यात्रुको सुरक्षित उद्धार

मङ्गलबार, ०६ कात्तिक २०८१, १८ : १९
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । दिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ । कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए । 

अहिले सेना र प्रहरीले यात्रुका झोला र विमान सर्च गरिरहेका छन् । एकजना व्यक्तिले त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयमा गएर सो विमानमा बम राखिएको सूचना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप