महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्री राईले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भूमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको बताए । उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको बताए । उनले लिपुलेक क्षेत्रको बाटो (कर्णाली करिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको बताए । उनले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर करिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भूमिका छ । अति भरपर्दो हिसाबले नै जुनसुकै सरकार आउँदा आज होस्, हिजोको सरकार होस्, अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकार होस् । नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको छ । नेपाली सेनालाई विवादित हुने काममा, विवादित गराउनुपर्छ भन्ने ध्येय उद्देश्य मेरो आफ्नो पनि छैन र हामी कसैको पनि छैन ।’
मन्त्री राईले नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुर्याउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी