मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा

मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : ०४
मङ्गलबार, ०६ कात्तिक २०८१

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने मोटरसाइकललाई  नियन्त्रणमा लिएको छ । मंगलबार त्यस्ता ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीको भनाइ  छ ।

पछिल्लो समय समाजमा हो–हल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनि प्रदूषण गर्ने कार्य बढिरहेको छ । यो विषयमा अत्यधिक जनगुनासो आएपछि चेकजाँचलाई कडा पारिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

त्यस्तो गर्नेहरूका लागि छुट्टै चेकिङ टिम नै बनाएर परिचालन गरिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप