मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बेरुतमा इजरायली हवाई आक्रमण: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : ००
मङ्गलबार, ०६ कात्तिक २०८१

बेरुत । इजरायलले गरेको हवाई आक्रमणमा परेर दक्षिण बेरुतको एक अस्पतालनजिक १३ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना बालक पनि परेका छन् । आक्रमण राफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्कमा भएको अस्पताल सम्बद्ध स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई भनेको थियो ।

यस घटनामा घाइते हुनेको सङ्ख्या ५७ पुगेको बताइएको छ । यीमध्ये ७ जनाको स्थिति निकै गम्भीर रहेको भनिएको छ । 

सोमबार साँझ इजरायलले दक्षिणी बेरुतमा १३ वटा हवाई हमला गरेको थियो । यो हमला यही हमलामध्ये एक भएको बताइएको छ । 

आफूहरूले हिजबुल्लाहसँग सम्बन्धित केन्द्रहरूलाई निशाना बनाइरहेको इजरायली सेनाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप