मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कति पुग्यो पुष्पा–२ को रिलिज अघिको कलेक्सन ?

मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : ४३
मङ्गलबार, ०६ कात्तिक २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको आगामी फिल्म ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित बलिउड फिल्ममध्ये एक हो । 

यो फिल्म कहिले हलमा लाग्ला र हेरौँला भनेर दर्शकहरू आतुर छन् । यो फिल्मसँगै राष्ट्रिय अवार्ड विजेता अल्लु अर्जुन आफ्नो अनुपम र अविस्मरणीय पात्र पुष्पराज लिएर दर्शक सामु आउँदैछन् । यस्तोमा  दर्शकहरूमाझ फिल्मप्रतिको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ ।

फिल्मले रिलिज अगावै रेकर्ड तोड्न थालेको छ । रिलिज अघि फिल्मले १० अर्ब ८५ करोड भारुको टोटल कलेक्सन गरिसकेको छ । ‘पुष्पाः द राइज’ मार्फत अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए । अब उनी ‘पुष्पा २ः द रुल’बाट बक्स अफिसमा राज गर्ने तयारीमा छन् ।

यो शानदार उपलब्धि एक कीर्तिमान तोड्ने डील हो र यसलाई भारतमा अहिलेसम्मकै फाइदाजनक डिलकोमध्ये एक मानिएको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार फिल्मको थ्रिएट्रिकल अधिकार ६ अर्ब ४० करोड भारुमा बिक्री गरिएको छ । यसका साथै, फिल्मले ठुलो डिजिटल सम्झौता पनि गरेको छ, जसमा २ अर्ब ७५ करोड भारुमा नेटफ्लिक्सले गरेको राइट्स खरिद पनि छ ।

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’को समग्र प्रि–रिलिज ब्यापार हेर्दा फिल्मले आन्ध्र प्रदेश र तेलंगानामा २२० करोड, उत्तर भारतमा २०० करोड, तमिलनाडुमा ५० करोड, ३० करोड भारु कमाएको छ । कर्नाटकमा ३० करोड, केरलमा २० करोड, उत्तर भारतमा २० करोड र विदेशी बजारमा १४० करोड कमाएको छ । यस बाहेक फिल्मको म्युजिक राइट्स ६५ करोड र स्याटेलाइट राइट्स ८५ करोडमा बिक्री भएको छ । चलचित्रले आफ्नो गैर–थिएटर अधिकारबाट ४ अर्ब २५ करोड भारु करोड कमाएको छ ।

यो अद्वितीय उपलब्धि हो । बलिउडमा कुनै पनि फिल्मले प्रदर्शन अघि यति ठुलो कलेक्सन हासिल गरेको छैन । अल्लु अर्जुनले फिल्म रिलिज हुन अर्ब ४५ दिन मात्रै बाँकी छ । यो सुरुवात मात्र हो भने, फिल्म रिलिज हुँदा कति कीर्तिमानहरू तोड्ला कल्पना गर्न सकिन्न । ‘पुष्पा २ः द रुल’ यही डिसेम्बर ६ मा विश्वभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रलाई सुकुमारले निर्देशन गरेका छन् भने मिथ्री मुभि मेकर्सले निर्माण गरेको हो । फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल मुख्य भूमिकामा छन् । चलचित्रमा टी–सिरिजको सङ्गीत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप