बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
फुटबल

युद्धको विभीषिकामा पिल्सिएको एउटा उदाहरणीय क्लबको कथा

‘हामीले आफ्नो समर्थक, प्यारो स्टेडियम र सहर गुमायौँ’
मङ्गलबार, ०६ कात्तिक २०८१, १९ : ००
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । पछिल्लो पटक रुस र युक्रेनबिच युद्ध सुरु भएको साढे दुई वर्षभन्दा पनि लामो समय बितिसकेको छ । युद्धका कारण ठुलो सङ्ख्यामा दुवै राष्ट्रका सैनिकले जीवन गुमाइसकेका छन् । युद्धको चपेटामा परेर थुप्रै सर्वसाधारणले पनि आफ्नो अमूल्य जीवन गुमाएका छन् । युद्धको विभीषिकाका कारण अङ्गभङ्ग हुने र घरबारविहीन हुनेहरूको कथा–व्यथा पनि कम कारुणिक छैन ।

साढे दुई वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धले युक्रेनको जनजीवनमात्र अस्तव्यस्त बनाएको छैन । यो युद्धले युक्रेनी फुटबललाई पनि कहिल्यै नमेटिने घाउ दिएको छ । युक्रेनी क्लब शाख्तर डोनेस्कका लागि त यो युद्ध झनै कहालीलाग्दो सपनाझैँ बन्न पुगेको छ ।

प्रसङ्ग गत अगस्तको अन्त्यतिरको हो । शाख्तर डोनेट्स्क प्रतिद्वन्द्वी क्रिभवासविरुद्धको खेलको अन्तिम तयारीमा व्यस्त थियो । शाख्तरले क्रिभवासकै घरेलु मैदानमा खेल्ने कार्यक्रम थियो । शाख्तरको टोली क्रिभी रिहको एक होटेलमा बसेको थियो ।

TELEMMGLPICT000391413794_17249409559110_trans_NvBQzQNjv4BqILc3ZdmL_S5p7GkdnlbdzPmI5wc1Vbtfz9cz2vC8dbI

दुर्भाग्य, रुसले प्रहार गरेको एउटा शक्तिशाली मिसाइल खेलाडीहरू बसेको त्यही होटेलमा बज्रिन आइपुग्यो । क्रिभी रिह सहर रुसले कब्जा गरेको युक्रेनी भू–भागभन्दा केवल ४० किलोमिटर टाढा रहेको छ । खेलाडी बसेको होटेलमा भएको मिसाइल आक्रमणमा परी चार जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

‘वास्तवमै हाम्रा लागि त्यो क्षण एउटा खराब सपनाजस्तै थियो । त्यतिबेला हाम्रो हालत कस्तो थियो भनेर सायद तपाईँहरू कल्पनासम्म गर्न सक्नुहुन्न,’ शाख्तर डोनेट्स्कका प्रमुख कार्यकारी सेर्गेई पाल्किन भन्छन्, ‘यस्तो स्थितिमा तत्काल हुने क्रिभवासविरुद्धको खेलका लागि टोलीलाई तयार पार्नु र नयाँ खेलाडी खोज्नु असम्भवजस्तै थियो ।’

यस्तो विषम स्थितिमा पनि युक्रेनी प्रिमियर लिगअन्तर्गतको त्यो खेल अगाडि बढाइएको थियो । नयाँ जीवन पाउँदाको झिनो खुसी, भययुक्त मानसिकता र थकित मन लिएर शाख्तरका खेलाडीहरू पनि खेल मैदानसम्म पुगेका थिए । खेल त सुरु भयो तर, ५१औँ मिनेटमा फेरि हवाई आक्रमणको चेतावनी आउन सुरु भयो । त्यसपछि त्यो खेल अगाडि बढ्न सकेन ।

यो त एउटा उदाहरण मात्र हो । यसै वर्षको प्रारम्भमा युद्धले निम्त्याएको विषम परिस्थितिकै कारण शाख्तर र डिनिप्रोबिचको खेल पनि पटक–पटक स्थगित हुन पुगेको थियो । खेल चलिरहँदा पटक–पटक हवाई आक्रमणको साइरन बज्थ्यो, त्यसपछि खेल स्थगित हुन्थ्यो । केही समयपछि फेरि खेल सुरु हुन्थ्यो, फेरि चेतावनीयुक्त साइरन बज्थ्यो अनि फेरि खेल स्थगित हुन्थ्यो ।

61cc6a50-8d3e-11ef-9f97-6f2e4c64dcd9.jpg

‘युद्धले खेल मैदानमा पनि चर्को तनाव निम्त्याएको छ । हामी आफ्ना परिवारप्रति चिन्तित हुन्छौँ । परिवारका सदस्यहरू पनि हाम्रो सुरक्षाको विषयलाई लिएर उत्तिकै तनावमा हुन्छन् । अझ विदेशी खेलाडीको मानसिकता त झनै निराशाजनक देखिन्छ । हजारौँ किलोमिटर टाढाबाट आएका विदेशी खेलाडीहरूको आँखामा छुट्टै भय नाचिरहेको देख्न सकिन्छ,’ शाख्तर डोनेट्स्कका कप्तान तारास स्टेपानेन्को भन्छन् ।

युद्ध सुरु भएयता प्रतियोगिता आयोजकहरुका लागि पनि नयाँ चुनौती थपिएको कप्तान तारासको बुझाई छ । ‘हामी खेलाडीको समस्या त आफ्नो ठाउँमा छँदैछ । प्रतियोगिता आयोजकका लागि पनि अर्को चुनौती थपिएको छ । आयोजकहरूले खेलको व्यवस्थापनसँगै खेलाडी, दर्शक र खेल पदाधिकारीहरूको सुरक्षाका लागि झनै ठुलो समस्या भोग्नु परिरहेको छ,’ उनी भन्छन् ।

Sudakov_Shakhtar.jpg

शाख्तरका प्रभावशाली खेलाडी जर्जी सुडाकोभ पनि युद्धको विभिसिकाबिच फुटबल खेल्नु निकै डरलाग्दो भएको बताउँछन् । ‘डर र चिन्ता दुबैतिर छ । जति प्रयास गरे पनि तपाईँ आफूलाई मानसिक रूपमा बलियो बनाउनै सक्नु हुन्न । आफ्नो परिवारभन्दा टाढा रहेर युद्ध भूमिमा फुटबल खेल्दा कसले पो सहज अनुभव गर्न सक्ला ! एकातिर परिवारको चिन्ता, अर्कोतिर आफ्नै जीवनको भर छैन,’ जर्जी भन्छन् ।

जर्जीका अनुसार, यस्तो अवस्थामा मानसिक रूपमा खेलाडीलाई सबैभन्दा बढी विचलित बनाउने भनेकै परिवारको सुरक्षाको प्रश्नले हो । ‘तपाईँहरुलाई विश्वास गर्न पनि गाह्रो पर्ला ! बिहानै उठ्दा म्यासेज बक्समा परिवारको भिडियो सन्देश आएको हुन्छ । आमा, बुवा, श्रीमती, स–साना छोरा–छोरी भय मिश्रित अनुहार लिएर एउटा कुनामा आश्रय लिएर बसेको देखिन्छ । कतिबेला के हुने हो, थाहा छैन,’ जर्जी आफ्नो अनुभव सुनाउँछन् ।

अहिले आएर च्याम्पियन्स लिग फुटबलले शाख्तर डोनेस्कलाई युद्ध भूमिभन्दा बाहिर निस्किएर खेल्ने सानो अवसर दिएको छ । तर, शाख्तरका लागि यो खेल पनि भनेजस्तो सहज छैन । शाख्तरका खेलाडी निकै लामो यात्रा गर्दै आर्सनलविरुद्धको खेलका लागि इमिरेट्स स्टेडियमसम्म पुग्नेछन् । च्याम्पियन्स लिगमा शाख्तरले मंगलबार आर्सनलको सामना गर्दैछ ।

_131641954_gettyimages-1780475888

शाख्तर डोनेट्स्कका खेलाडीको लागि किभदेखि इमिरेट्स स्टेडियमसम्मको यात्रा थकित तुल्याउने खालको हुनेछ ।  खेलाडीहरू शुक्रबार किभस्थित आफ्नो प्रशिक्षण स्थलबाट यात्रामा निस्किएका थिए । उनीहरू बसको लामो यात्रापछि एउटा गन्तव्यसम्म पुगेका थिए । त्यसपछि रेलको प्रतीक्षामा उनीहरूले अर्को एक दिन बिताए ।

एक दिनको पर्खाइपछि शाख्तरका खेलाडीहरू रेलको लामो यात्रा गर्दै युक्रेनको सीमा पार गरेर पोल्यान्डको रजेस्जो सहर पुगे । त्यहाँबाट उनी पुनः अर्को लामो यात्रा तय गरेर लन्डन पुगेका छन् । पक्कै पनि यो निकै थकित तुल्याउने यात्रा हो ।

‘किभबाट लन्डन पुग्दासम्म खेलाडीले आफ्नो आधा शक्ति गुमाइसकेका छन् । उनीहरू शारीरिक र मानसिक दुवै रूपमा थकित छन् । यसको विपरीत विपक्षी टोलीका खेलाडीहरू ऊर्जावान् बनेर हाम्राविरुद्ध ओर्लन आतुर छन्,’ प्रमुख कार्यकारी पाल्किन भन्छन्, ‘दुई दिनसम्म बसको यात्रा, अनि रेल र त्यसपछि प्लेनको यात्रा ! एउटा खेलाडीका लागि यो निकै कष्टकर हुन्छ ।’

shakhtar-pre-atalanta_qzzqlis1

भनिन्छ, विश्व फुटबलकै उत्कृष्ट क्लबमध्येको एक शाख्तरलाई सडकमा खेल्ने बानी परिसकेको छ । रुस समर्थक पृथकतावादीहरूले डोनेट्स्क जन गणतन्त्र घोषणा गर्दै यस क्षेत्रको ठुलो भू–भाग कब्जा गरेपछि उनीहरू डोनेट्स्कबाट बाहिरिए निर्वासनमा गएको पनि एक दशक बितिसकेको छ । त्यसमा रुस–युक्रेन युद्धले अर्को पिडा थपेको छ । यही कारणले केही समय फुटबल गतिविधि अवरुद्ध पनि बनेको थियो । तर, सन् २०२२–२३ सिजनपछि यो क्षेत्रमा पुनः फुटबल गतिविधि सुरु भएको थियो ।

शाख्तरले १० वर्षअघि डोनेट्स्क छाडेदेखि हालसम्म विभिन्न ६ वटा सहरलाई आफ्नो घरेलु मैदान बनाएर च्याम्पियन्स लिगका खेलहरू खेलेको छ । अर्थात्, शाख्तरसँग आफ्नो घरेलु मैदान भनेर दाबी गर्ने कुनै स्टेडियम छैन । यसबिचमा शाख्तरले युक्रेनभित्र लिभिभ, खार्किभ र कीभ तथा युक्रेन बाहिर पोल्यान्डको राजधानी वार्सा, जर्मनीको ह्याम्बर्ग र जर्मनीकै गेल्सेनकिर्चेनलाई आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गरेको छ ।

‘हामी कस्तो जीवन बाँचिरहेका छौँ भनेर तपाईँहरू कल्पना गर्न सक्नु हुन्छ ?’ प्रमुख कार्यकारी पाल्किन भन्छन्, ‘मेरो विचारमा हामी विश्वकै सबैभन्दा अनौठो क्लब हौँ । यदि तपाईँहरूले युरोपका अन्य फुटबल क्लबसँग तुलना गर्नुभयो भने हाम्रोजस्तो सङ्घर्ष, अभाव र पिडा कतै देख्नु हुन्न । कहिले काहीँ मलाई गर्व पनि लाग्छ किनभने हामी सङ्घर्षबाट खारिएर अगाडि बढ्न खप्पिस छौँ । त्यसैले हाम्रो इतिहास पनि फरक तरिकाले कोरिएको छ ।’ 

22b1ac50-87e3-11ef-b1f1-2b1ce35722a5.jpg

युक्रेनले सन् १९९१ मा तत्कालीन सोभियत संघबाट स्वतन्त्रताका लागि मतदान गरेको थियो । त्यसलगत्तै सन् १९९२ देखि युक्रेनी प्रिमियर लिग सुरु भएको थियो । त्यसयता डायनामो किएभले १३ मध्ये ११ वटा उपाधि चुमेर आफूलाई घरेलु फुटबलको हस्तीका रूपमा स्थापित गराएको थियो ।

यसको विपरीत शाख्तरले भने सन् २००२ मा आएर पहिलो पटक युक्रेनी प्रिमियर लिगको उपाधि हात पारेको थियो । सन् २००४ मा प्रमुख कार्यकारी पाल्किन शाख्तरसँग जोडिन पुगेका थिए । उनको आगमनपछि त घरेलु फुटबलमा शाख्तरले चमत्कार नै गरेर देखाएको छ ।

पाल्किनको आगमनपछि शाख्तरले १५ पटक घरेलु लिग र सन् २००९ मा युरोपकै प्रतिष्ठित यूईएफए कपको उपाधि चुम्दै विश्व क्लब फुटबलमै आफ्नो अमिट छाप छोड्न सफल भएको छ । पाल्किनले भने झैँ निरन्तरको सङ्घर्षबाट खारिएर आएको शाख्तरले आफूलाई युरोपियन फुटबलकै हस्तीका रूपमा प्रस्तुत गरेको छ ।

0_600_850_1_70__News_henrikhmkhitaryan_1c3wujtu41yn518rnxth4bew5p

यतिमात्र होइन, शाख्तरकै प्रभावका कारण युक्रेन विश्वभरका प्रभावशाली खेलाडीहरूको गन्तव्यसमेत बन्न पुग्यो । सन् २००५ देखि सन् २००९ को बिचमा फर्नान्डिन्हो, जाडसन, विलियन, इल्सिन्हो, इलानो, लुइज एड्रियानोजस्ता खेलाडीको गन्तव्य बनेको थियो डोनेट्स्क ।

उनीहरूलाई पछ्याउँदै डगलस कोस्टा, एलेक्स टेक्सेरा, हेनरिक मिखितारियनजस्ता प्रभावशाली खेलाडीहरू पनि शाख्तरसँग जोडिन पुगे । ‘हामी खेलाडीको क्षमता पहिचान गर्न माहिर थियौँ । उनीहरूलाई तिखार्ने कलामा पनि हामी पोख्त थियौँ । त्यसैको प्रतिफल स्वरूप निकै ठुलो धनराशि लगानी गर्ने युरोपका प्रभावशाली क्लबहरूलाई हराउन पनि हामी सक्षम थियौँ,’ प्रमुख कार्यकारी पाल्किन भन्छन् ।

fc886d60-87e3-11ef-b1f1-2b1ce35722a5.jpg

सन् २००९ को अगस्त, शाख्तरका लागि विशेष क्षण । यो त्यही क्षण थियो जतिबेला शाख्तरले ५२ हजार दर्शक क्षमताको आफ्नै स्टेडियमको अनावरण गरेको थियो । डनबस एरिनाको उद्घाटनपछि शाख्तरले आफ्नो प्रभावलाई युरोपभर विस्तार गरेको थियो ।  यो त्यही समय थियो, जतिबेला शाख्तरले यूईएफए कपको उपाधि कुम्ल्याएको थियो ।

शाख्तरको यही स्टेडियममा सन् २०१२ को युरोपियन च्याम्पियनसिपको महत्त्वपूर्ण खेलहरू पनि खेलाइएको थियो । त्यो प्रतियोगिताको स्पेन र पोर्चुगलबिचको सेमिफाइनल खेल पनि यही स्टेडियममा खेलाइएको थियो । त्यो खेलमा स्पेनले जित हात पारेको थियो । तर, शाख्तरको त्यो खुसी पनि लामो समय टिक्न सकेन । त्यसको दुई वर्षपछि नै शाख्तरको त्यो स्टेडियम सुनसान बन्न पुग्यो ।

सन् २०१४ को जुलाईमा रुस समर्थक विद्रोहीहरूले सहर आफ्नो नियन्त्रणमा लिए । त्यसपछि फ्रान्समा भएको मैत्रीपूर्ण खेलमा सहभागी हुन गएका शाख्तरका ६ जना विदेशी खेलाडी सुरक्षाको कारण देखाउँदै डोनेट्स्क फर्कन मानेनन् । ती खेलाडीमध्ये कोस्टा, टेक्सेरा र फ्रेड पनि थिए । तर, शाख्तरले आफ्नो प्रशिक्षण स्थल पहिलेको भन्दा ६ सय माइल पश्चिमतर्फ स्थानान्तरण गर्ने निर्णय लिएपछि ती खेलाडी फेरि शाख्तरसँग जोडिएका थिए ।

72aed050-8d3f-11ef-b3c2-754b6219680e

‘हामीले डोनेट्स्क छाड्नुपर्‍यो । त्यो हाम्रा लागि निकै कष्टकर समय थियो । हामीले आफ्नो घरेलु समर्थक गुमायौँ । हामीले आफ्नो प्यारो स्डेडियम गुमायौँ । हाम्रो रगत–पसिना मिसिएको त्यो स्टेडियम युरोपकै उत्कृष्टमध्ये एक थियो । हामीले आफ्नो अभ्यास स्थल गुमायौँ । हामीले आफ्नो सहर पनि गुमायौँ । हामीलाई लाग्थ्यो हामीले आफैलाई पनि गुमाएका छौँ,’ प्रमुख कार्यकारी पाल्किन भन्छन् ।

विगतको तुलनामा अहिले परिस्थिति झनझन खराब बन्दै गएको पाल्किनको बुझाई छ । ‘परिस्थिति झन् कठिन र कठिन बन्दै गएको छ । अहिले त त्यहाँ रहेका मानिसहरूसँग कुराकानी गर्नसम्म असम्भव बनेको छ,’ पछिल्लो आठ वर्षदेखि डोनेट्स्कमा पाइला टेक्न नपाएका पाल्किन भन्छन्, ‘अहिले त अवस्था झनै विकराल छ । तर, हामीले अझै सङ्घर्ष गर्न छाडेका छैनौँ । किनभने हामीलाई थाहा छ, हाम्रो पनि दिन अवश्य आउने छ ।’

बीबीसी स्पोर्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप