रास्वपा सभापति लामिछानेको दोस्रो दिनको बयान सम्पन्न
मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : ३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएको छ । मंगलबार बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो ।
यसअघि सोमबार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएका थियो ।
रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।
उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । बयानका क्रममा उनले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी र सशस्त्रको मस्यौदा ऐन संसद्मा लैजाने बाचा अपुरै
-
संघीय निजामती विधेयक संसद्को आगामी अधिवेशनबाट पारित हुन्छ : मन्त्री गुप्ता
-
भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा
-
महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री राई
-
पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय
-
बीपी कोइराला स्मृति कप क्रिकेट : सेमिफाइनल पुग्ने तीनवटा टोलीको टुंगो लाग्यो