मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताइवान तर्साउन चीनको सैन्य अभ्यास

मङ्गलबार, ०६ कात्तिक २०८१, १६ : १२
मङ्गलबार, ०६ कात्तिक २०८१

बेइजिङ । चीनले ताइवान नजिकैको भूमिमा गोलावारुद्धसहित सैन्य अभ्यास गरेको छ । एक हप्ताअघि मात्र चीनले टापुको वरिपरि ठुलो सैन्य अभ्यास गरेको थियो ।

पछिल्ला वर्षहरूमा चीनले ताइवानको तट नजिकै सैन्य अभ्यासहरूलाई व्यापक बनाएको छ । बेइजिङले सोमबार ताइवानबाट १ सय ५ किलोमिटर मात्र टाढा रहेको निउसान स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजेदेखि ४ घण्टासम्म सैन्य अभ्यासका लागि बन्द गर्ने जानकारी दिएको थियो ।

ताइवानका प्रमुख चो जुङ ताईले सो क्षेत्रको स्थायित्वका लागि यस्ता सैन्य अभ्यास गर्न नहुने सुझाएका छन् । चीनको सैन्य अभ्यास बढेसँगै अमेरिकाले सो क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ ।

यसअघि अमेरिकाको नौसेनाले मात्र ताइवान प्रायदीपको गस्ती गर्ने गरेको थियो । पछिल्लो समय अमेरिकाको सहयोगी रहेका क्यानडा, जर्मनी, अस्ट्रेलिया र जापानले पनि गस्तीमा सहभागिता जनाउन थालेका छन् । गत हप्तामात्र अमेरिका र क्यानडाले आफ्नो युद्धपोत सो क्षेत्रमा पठाएको थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप