सीमा गस्तीसम्बन्धी विवादमा भारतसँगको सम्झौताबारे के भन्छ चीन ?

बेइजिङ । भारत र चीनबिच सीमा निगरानीसम्बन्धी सम्झौता भएको खबरलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ । यस विषयमा प्रगति भएको पुष्टि गर्दै चीन र भारतले सीमा विवादमा कूटनीतिक र सैन्य तहमा घनिष्ठ वार्ता जारी राखेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले बताए ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताका अनुसार दुवै पक्ष महत्त्वपूर्ण मुद्दाहरूमा समाधानमा पुगेका छन् । यसलाई चीनले पनि सकारात्मक रूपमा लिएको बताइएको छ । चीनको अङ्ग्रेजी भाषाको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस समाधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न चीनले अर्को चरणमा भारतसँग मिलेर काम गर्ने बताएको छ ।
चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसमा भेटघाट हुन सक्छ कि भनेर पनि सोधिएको थियो, जसमा विदेश मन्त्रालयका प्रवक्ताले त्यस्तो केही भए त्यसको जानकारी दिने बताए । यसअघि सोमबार भारतीय विदेश मन्त्रालयले भारत र चीनबिच वास्तविक नियन्त्रण रेखा अर्थात एलएसीमा सेनाको गस्ती गर्ने विषयमा सहमति भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना