मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी ठगी प्रकरण

बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : ४७
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।  

रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर  सहकारीको रकम अपचलन गरेको आरोप छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप