मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सभामुखसँग सभापतिहरूको गुनासो– बैठकमा सांसद आउँदैनन्, चिया खुवाउने पैसा छैन

मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : २३
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । संसदीय समिति बैठक नियमित राख्नका लागि सांसदहरूको उपस्थित गराउन समस्या रहेको बारे संसदीय समितिका सभापतिहरूले सभामुख देवराज घिमिरे समक्ष गुनासो गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा समितिको बैठक राख्न समस्या भएको बारे सभापतिहरूले सभामुख घिमिरे समक्ष गुनासो गरेका थिए ।

सभामुख घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयकहरूलाई अघि बढाउन समितिका सभापतिहरूलाई आग्रह गरेका छन् । 

बैठकमा सभामुखलाई समिति बैठक राख्नका लागि सांसदहरूको उपस्थिति गराउन समस्या रहेको, बैठकमा चिया खाजा खुवाउन समेत समस्या रहेको गुनासो गरेका छन् । 

उद्योग समितिका सभापति अब्दुल खानले बैठकपछि भने,‘समिति बैठक अघि बढाउन सांसदहरूको कोरम पुर्‍याउन समस्या रहेको, चिया खाजा खुवाउने लगायतका समस्या राख्यौँ ।’ 

समिति बैठकमा सांसदहरूको उपस्थित बढाउन दलका प्रमुख सचेतकहरू मार्फत सांसदहरूलाई खबर गर्नेबारे छलफल भएको छ । 

सभामुख घिमिरेले समितिमा विधेयकहरू लामो समयदेखि अड्किएकाले छलफल तीव्र बनाउन आग्रह गरेका छन् ।  

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले अब सांसदहरूलाई खबर गरेर समितिका बैठकहरूलाई अगाडि बढाउने बताए । 

उनले अर्थ समितिमा  महत्त्वपूर्ण ५ वटा विधेयक रहेको बताए । यस्तै ४ वटा विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन रहेका छन् । 

बैठकमा रास्वपाका प्रमुख सचेतक र सचेतक  आएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप