मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

लेबनानको बंकरमा खजाना रहेको इजरायलको खुलासा

मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : ०९
मङ्गलबार, ०६ कात्तिक २०८१

बेरुत । इजरायल र हमासबिच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । योसँगै युद्धको ज्वाला लेबनान र इरानसम्म पुगेको छ । 

गाजामा हमास प्रमुख याह्या सिनवार र बेरुतमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाह मारिएका छन् । अहिले इजरायलले लगातार एकपछि अर्को चकित पार्ने दाबी गर्दै आएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहको वित्तीय केन्द्रबारे गुप्त जानकारी खुलासा गरेको छ । आईडीएफका अनुसार नसरल्ला मारिएको बंकरमा खजाना थियो ।

आइतबार राति इजरायली वायुसेनाले गरेको हवाई हमलापछि यो खुलासा भएको हो । यी आक्रमणहरूको उद्देश्य इरान समर्थित आतंकवादी संगठन हिजबुल्लाहको सञ्चालनको लागि आर्थिक सहयोग गर्ने क्षमतालाई कमजोर पार्नु थियो । आईडीएफका अनुसार यो गोप्य बंकर बेरुतको केन्द्रमा रहेको अल सहेल अस्पतालको मुनि छ । हसन नसरल्लाको यस बंकरमा ठुलो मात्रामा सुन र नगद भएको बताइएको छ ।

५० करोड डलर...

‘आज म एक स्थानसम्बन्धी गुप्तचर जानकारी सार्वजनिक गर्दैछु,’ आईडीएफका प्रवक्ता रियर एडमिरल डेनियल हगारीले भने । दक्षिण बेरुतको अल सहेल अस्पताल मुनि लुकाइएको बंकरमा ५० करोड डलरको नगद र सुनको खजाना रहेको उनले बताए । यो पैसा लेबनानी राज्य पुनर्निर्माण गर्न प्रयोग गर्न सकिने उनले बताए । 

इजरायली सेनाले हिजबुल्लाहका यी आर्थिक लक्ष्यहरूमा सटीक हमला गरेको थियो । हमलामा कडा सुरक्षा व्यवस्था भएको गोप्य स्थानलाई लक्षित गरिएको थियो । ‘यहाँ एउटा भूमिगत सेफ छ, जसमा नगद र सुनको रूपमा करोडौँ डलर  राखिएको थियो । हिजबुल्लाहले यो पैसा इजरायलमा आक्रमण गर्न प्रयोग गरिरहेको थियो।’ हगरीले भने । तर हगरीले आक्रमणमा सबै रकम नष्ट भयो कि भएन भन्नेबारे चाहिँ बताएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप