मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सात वित्तीय संस्था केन्द्रीय बैंकको कारबाहीमा

मङ्गलबार, ०६ कात्तिक २०८१, १५ : १२
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाहीमा परेका छन् । 

बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन पालना नगरेका ती संस्थालाई राष्ट्र बैंकले गल्ती नदोहोर्याउन सचेत गराएको हो । यसरी कारबाहीमा पर्नेहरूमा तीन विकास बैंक र चार फाइनान्स कम्पनी रहेका छन् ।

यो अवधिमा विकास बैंकतर्फ सिन्धु, साल्पा र मितेरी विकास बैंकले निर्देशन उल्लङ्घन गरेको पाइएको छ । त्यस्तै, वित्त कम्पनीतर्फ जानकी, गोर्खाज, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सले निर्देशन पालना गर्न चुकेको राष्ट्र बैंकले जनाएको छ ।

सिन्धु विकास बैंक र साल्पा विकास बैंक, जानकी फाइनान्स र प्रोग्रसिभ फाइनान्सले  बैंकले आफ्नो वासलात तथा नाफा नोक्सान हिसाबको विवरण ढिलो पेस गरेका थिए । सो कारणले वार्षिक साधारण सभा समेत ढिलो हुने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

मितेरी डेभलपमेन्ट बैंकले अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत हुनुपर्नेमा त्योभन्दा धेरै कायम गरेको पाइएको छ । गोर्खाज फाइनान्सका सञ्चालक र कर्मचारीहरु भने वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा संलग्न भएको पाइएको छ । संस्थाको कर्मचारी तथा तत्कालीन अध्यक्ष/सञ्चालक ऋणी/ग्राहकसँग संस्थामा नै खोलिएका खातामार्फत् आर्थिक कारोबारमा पटक पटक संलग्न भएको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, रिलायन्स फाइनान्सले भने २०८१ भदौ २३ गते देखि २०८१ असोज ०५ सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

सबै संस्थाका अध्यक्ष, सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतलाई यस पटक सचेत मात्रै गराइएको छ । एक आर्थिक वर्षभित्र पहिलो पटक गल्ती गर्नेलाई सचेत गराउने र दोस्रो पटकदेखि आर्थिक जरिवाना गर्ने राष्ट्र बैंकको व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप