ग्रामीण बस्तीमा कालोपत्र सडक

बाँके । बाँकेको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ ।
जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् ।
ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले बताए ।
“सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवर्द्धन भएको बताए । बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दुरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ ।
जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए ।
खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ
-
अवैध सुन चाँदी कारोबारमा संलग्न चार भारतीय नागरिक पक्राउ
-
भूमिकाको ‘छ कि छैन मञ्जुरी’ मा राज र सुनिशाको अभिनय
-
सालकको खपेटासहित चार जना पक्राउ
-
माओवादीबाट निर्वाचित जनप्रतिनिधिको भेलाद्वारा ३० बुँदे प्रतिबद्धता पारित (पूर्णपाठ)
-
बंगलादेशले पाँच महिना नेपालबाट ४० मेगावाट बिजुली पाउने