अरू सात वटा मुद्दामा मुछिए सिन ‘डिडी’ कम्ब्स
वासिङ्टन । अमेरिकी र्यापर सिन ‘डिडी’ कम्बस यौन तस्करी र यौन उत्पीडनसम्बन्धी अरू सात मुद्दामा मुछिएका छन् ।
यी आरोपमा डिडीबाहेक अन्य दुई जनाको नाम पनि मुछिएको छ । उनीविरुद्ध एक वर्षदेखि चलिरहेको आरोपमा अब भने अन्य सेलिब्रिटीको नाम पनि आएको छ । तर उनीहरूको नाम भने पहिचान हुन नसकेको भन्दै सीएनएनले समाचार छापेको छ ।
एउटा मुद्दामा पीडितले सन् २००० मा आफू १३ वर्ष भएको समयमा कम्बसले नाम नखुलाइएका अर्का दुई पुरुष र महिला सेलिब्रिटीसँग मिलेर उनको यौन शोषण गरेका थिए । गएको हप्ता कम्ब्समाथि यो बाहेक अरू ६ वटा मुद्दा दायर भएको थियो । पाँच वटा मुद्दा सोमबार न्यूयोर्कमा हालिएको छ ।
दुई चाँहि न्यू योर्क सुपेरियर कोर्टमा दायर भएको छ । यसमा बलात्कार, यौन हिंसा, यौन उत्पीडन लगायतका मुद्दा छन् । यी मुद्दामा तीन जना वादी महिला छन् भने चार जना पुरुष छन् । कम्बसमाथि कम्तिमा १२० जना पीडितहरूले मुद्दा हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको नाम परिवर्तन गर्ने बाबुराम भट्टराई नेतृत्वको नेसपाको निर्णय
-
बीपी कोइराला स्मृति कप क्रिकेट : सेमिफाइनल पुग्ने तीनवटा टोलीको टुंगो लाग्यो
-
हङ्कङ क्रिकेट सिक्सेसका लागि सन्दीप जोराको कप्तानीमा नेपाली टोली
-
उपोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन सुझाव समिति गठन
-
वीरेन्द्रनगरमा चर्को आवाज निकाल्ने ११ मोटरसाइकल प्रहरी नियन्त्रणमा
-
बेरुतमा इजरायली हवाई आक्रमण: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो