सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
मङ्गलबार, ०६ कात्तिक २०८१, १४ : २४

काठमाडौँ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि बेलिबृज जडानको कार्य सकिएर सञ्चालनमा आएको छ । मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतको टोली बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमनका लागि पुगेका थिए ।
निरीक्षणमा पुगेका मन्त्री दाहालले बेलिबृज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा