मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : ३४
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले प्रिमियर भएको फिल्म नेपालमा भने ‘राजागन्ज’को नामबाट प्रदर्शन हुन लागेको हो ।

फिल्मको निर्माता रामबाबु गुरुङ, दयाहाङ राई र बलिउड निर्माता निर्देशक अनुराग कश्यप हुन् । फिल्मलाई टी फेक्स र ब्याङ्कटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा वितरण गर्न लागेका हुन् । 

फिल्मको निर्देशन दीपक रौनियारले गरेका हुन् । रौनियारले यसअघि ‘हाइवे’ र ‘हइट सन्’ निर्देशन गरेका थिए । 

थ्रिलर कथामा निर्माण भएको फिल्ममा महिला कलाकारमा आशा मगराती, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, रिकु गायत्री झा र पुरुष कलाकारमा दयाहाङ राई, विजय बराल, घनश्याम मिश्रा र परमेश्वर झाको अभिनय रहेको छ ।

फिल्म आर्ट र कमर्सको उत्कृष्ट संगम रहेको अभिनेता दयाहाङ राई बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप