मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय
हामीलाई ऐना देखाइरहेका हाम्रा खोला
फोटो कथा

हामीलाई ऐना देखाइरहेका हाम्रा खोला

मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । गत असोज १२ र १३ गते आएको बाढीले काठमाडौँको अव्यवस्थित सहरीकरणको बहस त छेड्यो नै साथसाथै यसले हामीलाई ऐना पनि देखाएर गएको छ । 

bagmati fohor (1)

तर काठमाडौँको सभ्यताको रूपमा चिनिएको बागमती र यसका विभिन्न सहायक नदीको प्रदूषणको बारेमा केही पहल हुन सकेको छैन । खोला बगेसंगै मानिसहरूले आफ्नो दिनचर्या सामान्य बनाउने प्रयास गर्दागर्दै यो कुरालाई नजरअन्दाज गर्दै गएका छन् ।

bagmati fohor (2)

झन्डै चार हप्ता बितिसक्दा पनि खोला किनारमा बाढीले बगाएर ल्याएका फोहोरहरू अझै पनि असरल्ल छन् । बर्खामा खोलामा पानीको सतह बढ्दा ढलहरू नदेखिए पनि यसमा प्लास्टिक र अन्य नकुहिने फोहोरको मात्रा बढी नै रहेको देखिन्छ । 

bagmati fohor (3)

यी खोलामा दैनिक कति फोहोर मिसिन्छन् र ती मध्ये नकुहिने प्लास्टिकजन्य फोहोर फालिन्छन् भन्ने यकिन तथ्याङ्क सजिलै पाइन्न तर बाढी पछि खोला किनारमा अल्झिने फोहोरले मात्रा बढी रहेको देखाउँछ । 

bagmati fohor (4)

भारी वर्षाका कारण हुने गरेको डुबानका समयमा यत्रतत्र फालिएका फोहोर र प्लास्टिक बगेर खोलामै मिसिने गरेका छन् । भारी वर्षासँग डुबानको सामना गरेको बागमती किनारमा अहिले फोहोर यत्रतत्र छरिएका छन् । करिडोरमा बनाइएका विभिन्न संरचनामा अहिले फोहोर विशेषतः प्लास्टिक र अन्य नकुहिने फोहोर यत्तिकै छन् ।

bagmati fohor (5)

समय समयमा प्रकृतिले हामीलाई सन्देश दिन खोजे पनि हामीले त्यो सन्देशलाई आत्मसात् गर्न नसकेको प्रस्ट हुन्छ । यता ललितपुर नगरपालिकाले यही सप्ताहान्तदेखि सरसफाइ अभियान सुरु गर्ने घोषणा गरेको छ ।

bagmati fohor (6)bagmati fohor (7)bagmati fohor (8)bagmati fohor (9)bagmati fohor (10)bagmati fohor (11)bagmati fohor (12)bagmati fohor (13)bagmati fohor (14)bagmati fohor (15)bagmati fohor (16)bagmati fohor (17)bagmati fohor (18)bagmati fohor (19)bagmati fohor (20)bagmati fohor (21)bagmati fohor (22)bagmati fohor (23)bagmati fohor (24)bagmati fohor (25)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया