सलमान खानको समर्थनमा उत्रिए गायक मिका सिंह

नयाँ दिल्ली । सलमान खानलाई यतिबेला लरेनस विश्नोई गिरोहबाट धम्की आइरहेको छ । यसैबिच गायक मिका सिंह अभिनेताको समर्थनमा आएका छन् ।
एक लाइभ शोमा उनले सलमानका लागि केही लाइन समर्पित गरेका थिए । ‘भाइ तिमी चिन्ता नगर’ भन्दै उनले सलमानलाई ढाडस दिएका थिए ।
मिकाले सलमानका कयौँ फिल्मको गितमा आवाज दिएका छन् । सलमान खान र मीका सिंहबिचको सम्बन्ध निकै राम्रो भएको बताइन्छ । सलमानका फिल्मका कयौँ चर्चित गीत मिकाले गाएका छन् ।
लरेन्स गिरोहबाट सलमान खानले लगातार धम्की पाइरहेका छन् । केही समय अघि अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्टमा गोलिबारी भएको थियो । हालै मात्रै अभिनेताका नजिक रहेका एनसीपी अजित गुटका नेता बाबा सिद्दीककीको मुम्बईमा गोली हानेर हत्या गरिएको थियो । यसपछि अभिनेताको सुरक्षा बढाइएको छ ।
कालो हरिण शिकार मामिलामा सलमान खान राजस्थानको विश्नोई समाजसँग माफी मागुन् भन्ने लरेन्स गिरोहको माग छ । यो घटना सन् १९९८ मा राजस्थानको जोधपुरमा भएको थियो । त्यतिबेला त्यहाँ ‘हम साथ–साथ हैं’को सुटिङ चलिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा