मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

पेरुमा पूर्वराष्ट्रपतिलाई २० वर्षको जेल सजाय

मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : २२
मङ्गलबार, ०६ कात्तिक २०८१

लिमा । पेरुका पूर्व राष्ट्रपति अलेजान्द्रो टोलेदोलाई २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोग प्रमाणित भएपछि उनलाई त्यहाँको एक अदालतले सो सजाय दिएको हो । 

टोलेदोले ३ करोड ५० लाख अमेरिकी डलर घूस लिएर दक्षिण पेरुमा सडक बनाउने करार ब्राजिलको एउटा निर्माण कम्पनी ओदेब्रेच्टलाई दिएको अभियोजनकर्ताहरूको आरोप थियो ।

टोलेदो सन् २००१ देखि सन् २००६ को बिचमा राष्ट्रपति थिए । उनी पाँच वर्षअघि क्यालिफोनिर्यामा पक्राउ परे । त्यहाँ उनी कयौँ वर्ष बसेर काम गरेका थिए । गएको वर्ष मात्रै उनलाई अमेरिकालाई सुपुर्दगी गरिएको थियो । सो करार पाउन आफूले पेरु र अमेरिकाभर कयौँ अधिकारीहरूलाई दसौँ लाख  डलर घूस दिएको ओदेब्रेच्टले पनि स्वीकार गरेको थियो ।

ओदेब्रेच्टकै मामिलामा घुस लिएको अभियोग लागेपछि प्रहरीले समात्न आउनु अघि पेरुका पूर्व राष्ट्रपति एलन ग्रासियाले घरमै सन २०१९ मा आफैले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए । यस मामिलामा दुई पूर्व राष्ट्रपतिहरू पेद्रो पाब्लो कुजिन्स्की र ओलाअन्ता हुमालामाथि पनि छानबिन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप