मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकी धार्मिक नीतिविरुद्ध विप्लवको पार्टीको विरोध

मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : २२
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध गरेको छ । 

सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले मंगलबार विज्ञप्ति जारी गर्दै अमेरिकाको उक्त कदमको विरोध गरेका हुन् । 

सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ । 

‘उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्म राजनीति हो’, विज्ञप्तिमा भनिएको छ । साथै नेकपाले अमेरिकाको उक्त कदमले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्नेमात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउने बताएको छ । 

‘उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता,परम्परा, नेपालीजनका स्थानीय रीतिरिवाज र संस्कारलाई तहसनहस पार्ने देखिन्छ । तसर्थ अमेरिकाको यस्तो हस्तक्षेपकारी नीतिको हाम्रो पार्टी कडा शब्दमा विरोध गर्दछ साथै यस्ता कुटिल चालबाट जनतालाई सचेत हुनका लागि विशेष अपिल गर्दछ’, सो पार्टीले भनेको छ ।

462539744_858613999673849_4931031016324758365_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप