मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रमण्डलीय खेलकुदका लागि खेलको सूची सार्वजनिक, परेनन् ब्याडमिन्टन र हक्की

मङ्गलबार, ०६ कात्तिक २०८१, १३ : ११
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । राष्ट्रमण्डलीय खेलकुदको आगामी संस्करण स्कटल्यान्डको ग्लासगोमा आयोजना हुँदैछ । सन् २०२६ मा आयोजना हुने उक्त प्रतियोगितामा समावेश गरिने खेलहरूको पहिलो सूची मंगलबार सार्वजनिक गरिएको छ ।

ट्र्याक साइक्लिङ र बक्सिङ खेललाई पनि सन् २०२६ को राष्ट्रमण्डलीय खेलकुदमा समावेश गरिने भएको छ । मंगलबार १० वटा खेलको सूची सार्वजनिक गरिएको हो । त्यसमध्ये एथलेटिक्स र पौडीलाई अनिवार्य खेलका रूपमा स्थान दिइएको छ ।

तर, ब्याडमिन्टन र हक्कीलाई भने राष्ट्रमण्डलीय खेलकुदको आगामी संस्करणमा समावेश गरिने छैन । आर्टिस्टिक जिमन्याष्टिक, नेटबल, भारोत्तोलन, जुडो, बाउल्स र थ्री अन थ्री बास्केटबललाई प्रतियोगितामा समावेश गरिएको छ ।

यसअघि सन् २०१४ मा ग्लासगोमा राष्ट्रमण्डलीय खेलकुद आयोजना भएको थियो । यसपटक सन् २०२६ को जुलाई २३ देखि अगस्त २ तारिखसम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ । यसअघि यो प्रतियोगिता अस्ट्रेलियाको भिक्टोरियामा आयोजना हुने भनिएको थियो ।

तर, आयोजनाको लागत बढेको भन्दै भिक्टोरियाले प्रतियोगिता आयोजना नगर्ने बताएको थियो । त्यसपछि यो प्रतियोगिता ग्लासगोमा सारिएको हो । यसपटक प्रतियोगितामा ७४ राष्ट्रका करिब तीन हजार खेलाडी सहभागी हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप