देशभरका रेडियो रातोपाटीमार्फत सुन्न सकिने

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकममार्फत देशभरका रेडियोहरू सुन्न सकिने भएको छ । ‘सबैको सबैभन्दा राम्रो’ नाराअनुरूप रातोपाटीले पाठकको सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवाहरू थप गर्दै आएको छ ।
जसअनुसार पछिल्लो पटक देशभरका रेडियोहरूलाई रातोपाटीमार्फत सुन्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक अर्जुन पन्तले जानकारी दिए । ‘हाम्रो उद्देश्य रातोपाटीलाई एक कम्प्लिट प्याकेज बनाउने हो । जसअनुसार हामीले यसमा काम गरिरहेका छौँ र सेवाहरू थप गरिरहेका छौँ’, उनले भने ।
आगामी दिनमा पनि पाठकको दैनिक जीवनसँग जोडिने विभिन्न फिचरहरू रातोपाटीले थप्दै जाने उनको भनाइ छ ।
अहिले रातोपाटीमार्फत २५० भन्दा बढी रेडियो सुन्न सकिने छ भने आगामी दिनमा स्थानीय रेडियोहरूसँग सहकार्य गर्दै सङ्ख्या थपिँदै जाने नेटवर्कले जनाएको छ ।
रातोपाटीमा रेडियो समावेश गर्नका लागि [email protected] मा सम्पर्क गरेर वा गुगल फाराम भरेपछि आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?
-
दिल्लीमा युवतीको गोली हानी हत्या
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा