मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

इन्डिगो–विस्तारा, एआईको ३० विमानमा बमको धम्की

मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : ४७
मङ्गलबार, ०६ कात्तिक २०८१

नयाँ दिल्ली । भारतीय हवाई सेवा प्रदायक कम्पनीहरूमा एक पछि अर्को गर्दै बमको धम्की आइरहेका छन् । सोमबार अबेर राति ३० विमानमा फेरि बमको धम्की आएको छ । समाचार एजेन्सी पीटीआईका स्रोतहरूका अनुसार यसमा इन्डिगो, विस्तारा र एयर इन्डिया (एआई)को घरेलु र अन्तरराष्ट्रिय उडानहरू समावेश छन् । 

पछिल्लो ८ दिनमा १२० भन्दा बढी विमानमा बम आक्रमणको धम्की आएको छ । आफ्ना चार उडानहरूले सोमबार सुरक्षा सतर्कताहरू प्राप्त गरेको इन्डिगोका प्रवक्ताले मंगलबार भनेका थिए ।

सोमबार सामाजिक सञ्जालमा केही उडानहरूले सुरक्षा खतराहरू पाएका विस्टारा र एयर इन्डियाका प्रवक्ताहरूले मंगलबार पुष्टि गरेका थिए । सम्बन्धित अधिकारीहरूलाई सूचित गरेर  र सबै प्रोटोकलहरू कडाईका साथ पालना गरेको उनीहरूको भनाई थियो । 

नागरिक उड्डयन मन्त्री राममोहन नायडूले पनि सोमबार धम्कीहरू नक्कली भए पनि हामी तिनीहरूलाई हल्का रूपमा लिन नसक्ने र  यसका विरुद्ध कडा कानुन ल्याउने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप