स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : ४२

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । अस्थायी प्रहरी पोस्ट लिङ्गेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रुपैयाँ र यूपी ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताइएकोछ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित