‘रंगी’को सुटिङ सुरु

काठमाडौँ । फिल्म ‘रंगी’को सुटिङ सुरु भएको छ । मंगलबारबाट सुरु भएको फिल्म सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा बन्न लागेको हो । जसको प्रस्तुतकर्ता सलोन बस्नेत रहेका छन् ।
सुरेश न्यौपानेको निर्देशन रहने फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।
निर्देशक न्यौपाने यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेका थिए ।
बाबु छोरीको कथा बन्ने फिल्मका निर्माता सक्षम सुवेदी हुन् । फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म