मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

दलका प्रमुख सचेतक र समिति सभापतिसँग छलफलमा सभामुख घिमिरे (तस्बिरहरू)

मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : ०२
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ  । 

संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएका हुन्। अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गरेपछि सभामुखले छलफल थालेका हुन् । 

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

shavamukh chhalphal (1)shavamukh chhalphal (2)shavamukh chhalphal (3)shavamukh chhalphal (4)shavamukh chhalphal (5)shavamukh chhalphal (6)shavamukh chhalphal (7)shavamukh chhalphal (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप