मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

‘आफ्नै स्वार्थ’मा सुवास र गीताश्रीको अभिनय

मङ्गलबार, ०६ कात्तिक २०८१, १० : ५३
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौँ । ध्रुव विश्वकर्माको स्वर, रोशन दासको शब्द र राजन कार्कीको सङ्गीत रहेको गीत ‘आफ्नै स्वार्थ’ सार्वजनिक भएको छ । पशुपति वृद्धाश्रममा रहेका करिब ६ दर्जन वृद्ध वृद्धहरूलाई साक्षी राखेर गीत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा सुवास गजुरेल, गीताश्री थापा, नारायण बिक, अनुस्कृति घिमिरे, दीपेश घिमिरे,सरिता कठायत, सम्राट दास, सरिता ढुंगाना, अग्नि सुवेदी, रेश पोख्रेल र दिप्त प्रकाश अधिकारीको अभिनय छ ।

भिडियो रोशन दासले निर्देशन गरेका हुन् । भिडियोमा युवाहरु स्वार्थी हुँदा बुद्धबृद्धामा परेको प्रभाव देखाइएको छ । हरि प्रसाद ढकालले छायाङ्कन, फुर्बा लामाको सम्पादन भिडियोमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप