मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सलमानको घरमा गोली चलाउनेको निवेदन खारेज

मङ्गलबार, ०६ कात्तिक २०८१, ०९ : ५७
मङ्गलबार, ०६ कात्तिक २०८१

मुम्बई । मकोका अदालतले सलमान खानको घर बाहिर गोली चलाउने अभियुक्त विक्की गुप्ताको जमानतको निवेदन खारेज गरेको छ । महाराष्ट्र संगठित अपराध नियन्त्रण ऐन ( मकोका) को विशेष अदालतले यदि अभियुक्त रिहा भएमा उसले भविष्यमा फेरि यस्ता घटना गर्न सक्ने बताएको हो। आरोपीको मनसाय सलमान खानको हत्या गर्ने रहेको अदालतको ठहर छ ।

बिहीबार (अक्टोबर १७) मा अदालतले निवेदन खारेज गरेको थियो । यसको प्रति सोमबार सार्वजनिक गरिएको हो । विक्कीले आफ्नो प्रतिरक्षामा भने, ‘म मात्र बाइक चलाइरहेको थिएँ, गोली हान्ने व्यक्ति मेरो पछाडि बसेको थियो । मेरो सलमानलाई हानि गर्ने कुनै मनसाय थिएन। म परिस्थितिको सिकार मात्र हुँ, मलाई निरन्तर हिरासतमा राख्नु ठिक होइन ।’

आदेश पढ्दै गर्दा न्यायाधीश बीडी शेल्केले सलमान खानले दर्ता गरेको एफआईआर उल्लेख गरे। एफआईआरमा यो स्पष्ट लेखिएको छ कि आरोपीले ग्यालेक्सी अपार्टमेन्टको बालकनीमा गोली चलाएका थिए, जहाँ सलमान प्रायः आफ्ना फ्यानहरूलाई अभिवादन गर्छन्। उनी हरेक बिहान पनि त्यहीँ बस्छन् ।

न्यायाधीश शेल्केले भने, ‘सलमानको एफआईआर र गोली लागेको ठाउँ हेर्दा दुवै अभियुक्त अभिनेताको हत्या गर्ने नियतले आएको देखिन्छ ।

मुम्बई प्रहरीले गोली चलाउने विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो । यसका साथै यस मामिलामा अर्का एक व्यक्तिसहित अनुज थापान (३२) लाई अप्रिल २६ मा पञ्जाबबाट पक्राउ गरिएको थियो ।

मुम्बई क्राइम ब्रान्चका अधिकारीहरूका अनुसार ग्याङ्स्टर लरेन्स र उनका भाइ अनमोललाई यस मामिलामा वान्टेड आरोपी घोषित गरिएको छ। हमलापछि अनमोलले फेसबुकमा पोस्ट लेख्दै सलमानको घर बाहिर गोली चलाएको जिम्मेवारी लिएका थिए ।

सलमानका नजिकका सहयोगी र महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको हत्यामा पनि लरेन्स ग्याङको नाम आएको थियो । उनलाई १२ अक्टोबर राति करिब ९ः३० बजे बान्द्रामा गोली हानी हत्या गरिएको थियो। लरेन्स ग्याङका एक सदस्यले यस हत्याको जिम्मेवारी लिएका छन् । ती व्यक्तिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सलमानलाई सहयोग गर्ने जोसुकैलाई पनि छोडिने छैन ।’
दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप