जब रियलका मिडफिल्डरलाई युभेन्टसले अनुबन्ध गरेको घोषणा गर्यो...
![जब रियलका मिडफिल्डरलाई युभेन्टसले अनुबन्ध गरेको घोषणा गर्यो...](https://npcdn.ratopati.com/media/news/image-(1)_D0L1pwUKE3.png)
टुरिन । रियल मड्रिडका मिडफिल्डर आर्डा गुलेरलाई अनुबन्ध गरेको पोस्ट सार्वजनिक भएपछि युभेन्टसले आफ्नो इंग्लिस ट्वीटर खाता ह्याक भएको जानकारी दिएको छ ।
उक्त पोस्टमा १९ वर्षीय टर्कीका मिडफिल्डर एउटा विमानस्थलमा हिँडिरहेको तस्बिर साझा गरिएको थियो । पोस्टको क्याप्सनमा लेखिएको थियो, ‘युभेन्टसमा स्वागत छ आर्डा गुलेर । फुटबलमा उदाउँदो स्टार अब युभेन्टसको परिवारका सदस्य बनेका छन् ।’
लगत्तै सिरिए क्लबले उसको इटालियन एक्स खातामा यसबारे प्रष्टीकरण दिँदै उनीहरूको इंग्लिस ट्वीटर खाता ह्याक भएको जानकारी दियो । सो सन्देशलाई बेवास्ता गर्न क्लबको आग्रह थियो ।
हुन त युभेन्टसले चाहेर पनि यति बेला गुलेरलाई अनुबन्ध गर्न सक्दैन किनभने स्पेनिस र इटालियन ट्रान्सफर विन्डो यति बेला बन्द रहेको छ । ‘टर्किस मेस्सी’ को उपनाम पाएका गुलेरलाई रियलले सन् २०२३ को जुलाईमा फेनरबाचेबाट करिब १।६७ करोड पाउन्डमा अनुबन्ध गरेको थियो ।
उनले स्पेनिस क्लबका लागि २३ खेल खेलेका छन् भने उनी युरो २०२४ मा टर्कीको टोलीका सदस्य थिए । जर्जियालाई ३–१ गोलले हराउने क्रममा उनी युरोपियन च्याम्पियनसिपको डेब्युमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा