एक वर्षपछि मैदानमा फर्किए नेयमार

रियाद । ब्राजिलका फरवार्ड नेयमार एक वर्षभन्दा बढी समयपछि खेल मैदानमा फर्किएका छन् । देब्रे खुट्टामा लागेको चोट निको भएपछि उनले साउदी क्लब अल हिलालका लागि खेलेको हुन् ।
एसियन च्याम्पियन्स लिगमा यूएई प्रो लिग टोली अल ऐनलाई ५–४ गोलले हराउने क्रममा ३२ वर्षीय खेलाडी ७७ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।
नेयरमारलाई सन् २०२३ को अक्टोबर १७ मा चोट लागेको थियो । उनी त्यतिबेला सन् २०२६ को विश्वकप छनोटका लागि उरुग्वेविरुद्धको खेलमा ब्राजिलको राष्ट्रिय टोलीबाट खेलिरहेका थिए । ब्राजिलका लागि सर्वाधिक गोलकर्ता समेत रहेका उनले त्यसको एक महिनापछि खुट्टाको शल्यक्रिया गरेका थिए ।
नेयमार सन् २०२३ को अगस्तमा करिब ९ करोड युरोमा पेरिस सेन्ट जर्मेनबाट साउदी क्लबमा पुगेका हुन् । पीएसजीमा रहँदा पनि उनी अन्तिम दुई सिजन चोटका कारण लामो समय मैदानबाहिर रहेका थिए । अल–हिलालका लागि उनले पाँच खेल खेलेपछि चोटग्रस्त बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा