मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

मङ्गलबार, ०६ कात्तिक २०८१, ०६ : ३२
मङ्गलबार, ०६ कात्तिक २०८१

वि.सं. २०८१ साल कार्तिक ६ गते । मंगलबार । ईश्वी सन् २०२४ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक कृष्णपक्ष । तिथि–पञ्चमी, ३ घडी ४८ पला, बिहान ७ बजेर ४० मिनेट उप्रान्त षष्ठी ।

नक्षत्र–मृगशिरा, १३ घडी ५३ पला, बिहान ११ बजेर ४२ मिनेट उप्रान्त आर्द्रा । योग–परिध,२२ घडी ३७ पला, दिउसो ३ बजेर ११ मिनेट उप्रान्त शिव । करण–तैतिल, बिहान ७ बजेर ४० मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर ७ मिनेट उप्रान्त वणिज  । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मिथुन  । काठमाडौँ सूर्योदय बिहान ०६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २८ घडी १४ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ०९ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर १० मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म चर बेला ।
बिहान ०८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म  अमृत बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३७ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ४ बजेर २ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ७ बजेर २ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो २ बजेर ३६ मिनेटदेखि बेलुकी ४ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ३२ मिनेटदेखि बिहान ५ बजेर २० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्ठित काम गरी अरूको मन लोभ्याउन सकिनेछ  । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पढाइ लेखाइमा भनेजस्तो सुधार भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । शेयर बजार तथा आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) असजिलो परिस्थितिहरूलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आत्मविश्वास बढ्ने हुनाले गाह्रो कामहरू पनि सहजै सम्पादन गर्न सकिनेछ । चाडबाड लक्षित व्यापार फस्टाएर जानेछ भने व्यवसायमा लगानी बढाउँदा भनेजस्तो नाफा कमाउन सकिनेछ । नीति नियम तथा कानुन अनुसार हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइ तथा प्रतिस्पर्धीमा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । राज्यको नजिक रही काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरूले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाइ लेखाइमा मन जाने छैन । वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्ने योग रहेको छ । तरपनि लामो दुरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । बिदेशी लगानीबाट सञ्चालित संस्था जस्तै एनजीओ तथा आइएनजीओमा काम पाउने प्रबल सम्भावना रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । चाडबाड लक्षित तथा बिलासी सामानको व्यापार फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । प्रेम प्रस्ताव आउने तथा जीवन साथीसँग रमाइलो यात्राको तय हुनेछ । प्राकृतिक स्रोत तथा पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । पहिरन, खाद्यान्न, फर्निचर, सवारी साधन तथा बिलासी सामानको व्यापार व्यवसायबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुने ग्रहयोग रहेको छ ।  

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पूजा सामाग्री तथा दैनिक उपभोग्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । धार्मिक स्थल तथा मन्दिरतिरको यात्रा हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्य तथा समयले साथ दिने हुनाले सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा काम गर्दै हुनुहुन्छ भने जनताको पिर मर्का तथा गुनासो सुन्ने अवसर प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरू नै लागी पर्नेछन् । कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापारमा मन्दीको सामना गर्नुपर्नेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय रहेको छ । साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । राज्यपक्षबाट सम्पादन हुने काम समयमा सम्पादन हुने छैनन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवादित विषयहरूबाट निचोड तपाईँकै पक्षमा आउने हुनाले खुसीले उचाइ नाघ्नेछ । पढ्ने लेख्ने काममा अरूलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याहरूबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सन्तान तथा आफन्तको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ । राजनीतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । अध्ययनमा उच्चता हासिल होला । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ  । उपहारका रूपमा बिलासी तथा महँगा सामान हातलागी हुनेछ । आर्थिक गतिविधिहरू चलाएमान हुनेछन् । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कही मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकिकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न । तरपनि वैदेशिक रोजगारले घरायसी समस्या सुल्झाउन मद्दत गर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप