मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा पाँच माओवादी मारिए

मङ्गलबार, ०६ कात्तिक २०८१, ०२ : १५
मङ्गलबार, ०६ कात्तिक २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र गडचिरोलीमा दोहोरो भीडन्त हुँदा पाँच जना माओवादी मारिएका छन् । 

भामरागढको जंगलमा सोमबार भएको भीडन्तमा परी प्रहरीको गोली लागेर पाँच जना माओवादीमारिएका प्रहरीले जनाएको छ । 

गोली चलेका विषयमा प्रहरीले विज्ञप्तिमार्फत् भनेको छ, 'महाराष्ट्रमा नोभेम्बर २० मा हुन लागेको विधानसभा चुनावलाई ध्यानमा राख्दै नक्सलवादीहरूको एउटा समूह महाराष्ट्र-छत्तीसगढ सीमामा रहेको जंगलमा भेला भएका थिए, त्यहाँ प्रहरीमाथि नै हमला गर्ने योजना बनाइएको थियो। त्यहीक्रममा प्रहरी-माओवादी आमनेसामने भएका थिए ।'

दुई दिनअघि नारायणपुरमै बम विष्फोटमा परी दुई जनाको मृत्यु भएको थियो । छत्तीसगढमा मात्रै पछिल्लो  एक वर्षको अवधिमा कम्तीमा १७५ को मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप