मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

'स्टेम सेल' थेरापीले टाइप १ मधुमेह निको हुन्छ ?

मङ्गलबार, ०६ कात्तिक २०८१, ०३ : ४५
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौं । अहिलेसम्म मधुमेहका बिरामीले औषधि र सुँईमार्फत रगतमा चिनीको मात्रा नियन्त्रित गरिरहेका छन् । 

उनीहरूका लागि स्टेम सेल थेरापीले टाइप १ मधुमेह निको पार्न सक्ला ? भन्ने प्रश्न निकै चासोको विषय बनेको छ । यसको एउटा कारण के हो भने चीनमा भएको एउटा महत्त्वपूर्ण केस स्टडीमा एउटा नयाँ र चकित पार्ने दाबी बाहिर आएको छ ।

 रिपोर्टका अनुसार टाइप १ मधुमेहलाई स्टेम सेल थेरापीबाट पूर्ण रूपमा निको पार्न सकिने दाबी गरिएको छ । त्यहाँ एउटी महिलाले टाइप १ मधुमेहको उपचारका लागि आफ्नै कोषबाट बनेको स्टेम सेल थेरापी गराएकी थिइन् ।

 ७५ दिनसम्म उपचार गरेपछि मधुमेहबाट पीडित ती महिलालाई इन्सुलिन प्रयोग गर्नुपर्ने आवश्यकता नरहेको अनुसन्धाकर्ताहरूले पत्ता लगाएका थिए । स्टेम सेलबाट प्राप्त आइलेट सेलहरू उनको पेट भित्र प्रत्यारोपण गरिएको थियो । 

ती महिलाको शरीरले ३ महीनाभन्दा कम समयमै इन्सुलिन बनाउन शुरु गरेको थियो ।

मधुमेहको उपचारमा अद्वितीय मामला

यो यस्तो खालकोे पहिलो मामिला हो । महिलाको उपचार सफल भएपछि चीनमा क्लिनिकल ट्रायलमा थप दुई जनालाई समावेश गरिएको अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूले बताएका छन् । 

अध्ययनका प्रमुख लेखक तथा पेकिङ विश्वविद्यालयका सेल जीववैज्ञानिक होंगकुई डेंगले यसअघि प्लुरिपोटेन्ट स्टेम सेल थेरापीको विकासको महत्वपूर्ण काम गरेका थिए । 

टाइप १ मधुमेह भएका १२ जना बिरामीहरूको डेटा विश्लेषणको आधारमा गरिएको परीक्षणमास्टेम सेलहरूबाट प्राप्त इन्सुलिन बनाउने आइलेट सेलहरू देखियो ।

केस स्टडी र स्टेम सेल थेरापीबारेमा के भन्छन् अनुसन्धानकर्ता ?

परीक्षण जारी रहेको र यसमा जम्मा तीन जना बिरामीहरू समावेश भएको होंगकुई डेंगले भनेका छन् । पहिलो बिरामीको तथ्याङ्कको अन्तरिम विश्लेषण र यो काम सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो र तेस्रो बिरामीलाई समावेश गरिएको बताएको छ ।

कसरी गरियो स्टेम सेल थेरापी उपचार, के थियो पुरा प्रक्रिया ?

हाल, टाइप १ र टाइप २ मधुमेहका बिरामीका लागि स्टेम सेलमा आधारित कयौं उपचारहरू विकास र परीक्षणमा छन् । 

यस केस स्टडीको लागि चीनको तियानजिनस्थित नानकाई विश्वविद्यालयको तियानजिन फस्र्ट सेन्ट्रल अस्पतालमा रहेका अनुसन्धानकर्ताहरूले टाइप १ मधुमेह भएका २५ वर्षीया महिलाको शरीरबाट फ्याट कोशिकाहरू लिएर तिनलाई प्लुरिपोटेन्ट स्टेम सेलहरूको रूपमा व्यवहार गर्न रसायनिक रूपबाट प्रेरित गरेका थिए । 

यस प्रक्रियामा एक खालको कोशिकालाई अन्य खालको कोशिकाहरूमा विकास गर्न सकिन्छ ।

स्टेम सेल थेरापीपछि किन चाहिन्न इन्सेलिन ?

अनुसन्धानकर्ताहरुले यी कोशलाई आइलेट कोश हरू सिर्जना गर्न प्रयोग गरे । आइलेट कोश सामान्यतया प्यान्क्रियाजमा पाइन्छ । यसले इन्सुलिन उत्पादन गर्ने काम गर्छ । इन्सुलिन हाम्रो शरीरमा बगिरहेको रगमा ग्लुकोज अर्थात् चिनीको स्तर नियन्त्रण गर्ने काम गर्छ । 

अनुसन्धानकर्ताहरूले थेरापीको प्रक्रिया पूरा भएको करिब साढे दुई महिनापछि पनि महिलालाई इन्सुलिन इन्जेक्सन आवश्यकता नपरेको पत्ता लगाएका थिए । एक वर्ष बितिसक्दा पनि ती महिलालाई इन्सुलिनको सुँई चाहिएन ।

के हो टाइप १ मधुमेह ?

टाइप १ मधुमेह स्वतः प्रतिरक्षा अवस्था हो । यसमा प्रतिरक्षा प्रणालीले नै आइलेट कोशिकाहरूलाई नष्ट गरिदिन्छ । यसको मतलब शरीरले चाहिने जति इन्सुलिन बनाउन सक्दैन । यसले क्रोनिक र हाई ब्ल्ड शुगर हुन्छ । 

यसले फेरि रक्त प्रवाह नलीमा समस्यासहित धेरै जटिलताहरू निम्त्याउन सक्छ । यसले आँखाको ज्योतिलाई असर गर्छ, स्नायु प्रणाली र कलेजोमा पनि गम्भीर क्षति पुर्याउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप