उच्च रक्तचाप र टाइप-२ मधुमेहका बिरामीले मेथी खानुका यस्ता छन् फाइदा

काठमाडौं । मधुमेह अहिलेको समयको गम्भीर समस्यामध्ये एक हो । तपाईलाई टाईप २ मधुमेहको साथमा उच्च रक्तचाप पनि छ र स्वास्थ्यका लागि सस्तो र शरीरलाई हानी नगर्ने कुनै फाइदाजनक चीजको खोजीमा हुनुहुन्छ भने आजको यो लेख तपाईंकै लागि हो ।
यस लेखमा हामी तपाईलाई एउटा यस्तो चमत्कारी दानाको बारेमा बताउनेछौं । यसको फाइदा सुनेर तपाईं पनि छक्क पर्नुहुनेछ । यो दानाको नाम मेथी हो । मेथी पौष्टिक तत्वले भरिपूर्ण दाना हो ।
हाम्रो भान्सा कोठामा गुणको आधारमा ज्वानु, जीरा र हिङ्गपछि मेथी दाना चौंथो स्थानमा आउँछ । मेथीको दानाले वात र कफ हटाउने काम गर्छ ।
कसले खानु हुन्छ मेथी दाना ?
मेथीको दानाले रक्तचाप र टाइप २ मधुमेह नियन्त्रणमा राम्रो काम गर्छ । यसले मेटाबोलिजमलाई गति दिनुका साथै तौल घटाउन पनि मद्दत गर्छ । बीपी र मधुमेह नियन्त्रित राख्न रातभर पानीमा मेथीका दानालाई भिजाएर बिहान उठ्ने बित्तिकै यो पानी पिउन सकिन्छ ।
मेथीको दाना भने चपाएर निल्नुहोस् । यसले आफ्नो शरीरमा पार्ने प्रभाव देखेर तपाई पनि छक्क पर्नुहुनेछ । यसले उच्च रक्तचाप नियन्त्रण त गर्छै नै टाइप २ मधुमेहका बिरामीका लागि यो वरदानभन्दा कम छैन ।
कसले खानु हुँदैन मेथीको दाना ?
पित्तसम्बन्धी रोग लागेकाहरूले मेथीको दाना खानु हुँदैन । मेथीको प्रयोग हुने अचार अचार नभएर औषधि बन्छ । मेथी यस्तो चिज हो जसलाई कुनै पनि वस्तुमा मिसाउँदा यसले यसको प्रभावलाई कम गरी आफ्नै गुण थप्छ । भिंडी, रहरको दाल, कडी, राज्मा, जस्ता तरकारीहरूमा मेथी मिसाएर खाँदा यसको झनै धेरै लाभ मिल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल