करण जोहरको धर्मा प्रोडक्सनको आधा हिस्सा किन्दैछन् अदार पूनावाला

नयाँ दिल्ली । सिरम इन्ष्टिच्यूट अफ इन्डियाका सीईओ अदार पुनवालाले चर्चित बलिउड निर्माता–निर्देशक करण जोहरको धर्मा प्रोडक्सनको आधा शेयर किन्ने भएका छन् ।
पुनवाला र जोहरबीच यससम्बन्धी साझेदारी भएको छ । अदार पूनावालाले धर्मा प्रोडक्सनमा दुई हजार करोड रुपैयाँ लगानी गरेका छन् ।
यही लगानीबाट पूनावालाले धर्मा प्रोडक्सनको ५० प्रतिशत सेयर किनेका छन् । अदार पूनावाला नेतृत्वको सिरम प्रोडक्सनले करण जोहरको धर्मा प्रोडक्सन र धर्मैटिक इन्टरटेनमेन्टमा एक–एक हजार करोड भारु लगानी गरेको एक प्रेस विज्ञप्तिमार्फत ‘धर्मा’ प्रोडक्सनले बताएको छ ।
करण जोहरको धर्मा प्रोडक्सन भारतको प्रमुख फिल्म निर्माण कम्पनीमध्ये एक हो । २० अर्ब भारु लगानी पछि धर्मा प्रोडक्सनमा सिरमको अब ५० प्रतिशत हिस्सेदारी रहेनछ । बाँकी ५० प्रतिशत सेयर करण जोहरको हुनेछ । कम्पनीको कार्यकारी अध्यक्षको हैसियतमा करण जोहरले कम्पनीको सबै रचनात्मक कार्यको नेतृत्व गर्नेछन् भने अपूर्व मेहताले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा