मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

ज्वानु चिया पिउँदा भाग्छन् यी रोग

मङ्गलबार, ०६ कात्तिक २०८१, ०४ : १५
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौं । मानिसहरु बिहान उठ्ने बित्तिकै दुधको चिया पिउन रुचाउँछन् । तर बिहान बिहान दुधबाट बनेको चिया सेवन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तर बिहान उठ्ने बित्तिकै दुध चिया पिउनुको सट्टा ज्वानुको चिया पिउने हो भने शरीरलाई धेरै फाइदा हुन्छ ।

यसले तौल बढ्ने समस्याबाट पीडित व्यक्तिको तौल घटाउन मद्दत गर्छ । साथै पाचन प्रणाली पनि मजबुत पार्छ । ज्वानुमा धेरै एन्टिअक्सिडेन्ट, फाइबर, पोटासियम र भिटामिन पाइन्छ । आजको यस लेखमा हामीहरू ज्वानुको चिया पिउनुका फाइदाहरूबारे बताउनेछौं । जुन यस प्रकार रहेका छन् :- 

ग्यास समस्याबाट राहत
जसलाई सधैं ग्यासको समस्या हुन्छ, त्यस्ता व्यक्तिहरूले बिहान उठ्ने बित्तिकै ज्वानुको चिया पिउनुपर्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र पेटसम्बन्धी धेरै समस्यामा यो फाइदाजनक हुन्छ ।

तौल घटाउन सहयोगी
लगातार तौल बढेर हैरान भएका व्यक्तिहरूले बिहान उठेपछि ज्वानुको चिया पिउनुपर्छ । बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउनाले शरीरमा जम्मा भएको बोसो कम हुन्छ र यसले शरीरको मेटाबोलिजमलाई गति दिन्छ र तौल घटाउन मद्दत गर्छ ।

तनाव कम गर्न सहयोगी
ज्वानुको चियाले तनाव कम गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा उर्जा मिल्छ र थकान पनि हट्छ ।

दममा लाभदायक
दम जस्ता रोग लागेका व्यक्तिले पनि ज्वानुको चिया पिउनुपर्छ । ज्वानु  तातो प्रकृतिको हुन्छ, त्यसैले यसले दमका बिरामीका लागि औषधीको रूपमा काम गर्छ । दमका बिरामीले बिहान उठेपछि खाली पेटमा ज्वानुको चिया पिउँदा फाइदा हुन्छ ।

महिनावारीको समयमा राहत
तपाइँ नियमित रूपमा ज्वानु चिया पिउनुहुन्छ भने यो तपाइँको स्वास्थ्यको लागी धेरै लाभदायक छ । यसको सेवनले महिलाहरूलाई महिनावारीको समयमा हुने दुखाईबाट आराम मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप