मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

बढिरहेको वजन कम गर्न चाहनुहुन्छ ? बिहान उठेर गर्नुस् यी काम

मङ्गलबार, ०६ कात्तिक २०८१, ०२ : ४५
मङ्गलबार, ०६ कात्तिक २०८१

काठमाडौं । आजभोलि खानपान फेरिएको छ । बजारमा मिलावट भएका सामानहरू जसरी छ्याप्छ्याप्ती किनबेच भइरहेका छन् । 

यसको असर स्वास्थ्यमा मोटोपनाको रुपमा प्रष्ट देखिइ रहेको छ । मोटोपना घटाउन मानिसहरु जिम गएर पसिना बगाइरहेका छन् । बजारमा पाइने धेरै किसिमका प्रडक्टहरु आफ्नो डाइटमा सामेल गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि राम्रो नतिजा आउन सकिरहेका छैन ।

 आजको यस लेखमा हामीहरू तपाईलाई तौल घटाउन सहयोगी यस्तै केही नियमहरूबारे बताउन गइरहेका छौ । यसलाई अपनाउँदा तपाईंले पनि आफूमा धेरै फरक देख्नुहुनेछ; तपाईको तौल पनि छिटै कम हुन सक्छ ।

कति बेला पिउने मनतातो पानी ?

बिहान उठ्ने बित्तिकै खाली पेटमा कम्तिमा दुई गिलास मनतातो पानी पिउनुहोस् । चाहनुहुन्छ भने यसमा कागतीको रस मिसाएर पनि पिउन सक्नुहुन्छ । यो पानीले तपाईको शरीरबाट विषाक्त पदार्थ निकाल्छ र पाचन प्रणालीलाई पनि सफा राख्छ ।

कागती, मह पिउनुस्

बिहान उठेपछि मनतातो पानीमा कागती र मह मिसाएर नियमित रूपमा पिउनुभयो भने शरीरबाट बोसो कम हुन थाल्छ । तपाईंले बिहानको खाजा अघि नै यो पेय पिउनुपर्छ । कागतीमा पाइने भिटामिन सीले शरीरको बोसो हटाउने काम गर्छ । यस प्रक्रियामा तातो पानी र मह धेरै उपयोगी छन् ।

कतिबेला खाने बिहानको खाजा ?

तौल घटाउन चाहनुहुन्छ भने बिहानको खाजा खान नबिर्सनुस् । किनभने राति खाएको खाना पचिसकेको हुन्छ । हामीलाई बिहान ऊर्जा चाहिन्छ । त्यसैले बिहान उठेको एक घण्टाभित्र ब्रेकफास्ट गर्नुपर्छ ।

बोसो घटाउन फाइबर

ब्रेकफास्टमा फाइबरयुक्त खानेकुरा खान सुरु गर्नुस् । कम्तिमा ८ ग्राम फाइबर खानुस् । फाइबरले पेटमा स्वस्थ ब्याक्टेरिया बढाउँछ र बोसो पनि घटाउँछ । साथै यस्तो ब्रेकफास्ट खाँदा चाँडै भोक पनि लाग्दैन ।

प्रोटीनयुक्त आहार

आफ्नो आहारमा प्रोटिन समावेश गर्न नबिर्सनुहोला । यसले तपाईंलाई बारम्बार भोक लाग्नबाट जोगाउँछ र तौल बढ्ने छैन । साथै, अस्वस्थ चीजहरू खान बन्द गर्नुपर्छ । बिहानको खाजामा अण्डा, दही, अनाज र ओखरको पनि सेवन गर्न सकिन्छ ।

कम क्यालोरी सेवन

बिहानका खाजामा सकेसम्म कम क्यालोरी भएको खानेकुरा खानुहोस् । यतिबेला उच्च क्यालोरी भएको खानाबाट टाढा रहनुस् । आफ्नो क्यालोरी सेवनलाई दिनको तीनवटा खानामा विभाजन गर्नुस् । यसमा दुई पटकको खाजा पनि समावेश गर्नहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप